नक्कली प्रहरी बनेर धम्की दिने युवक लागुऔषधसहित पक्राउ

सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–१० स्थित साहारा गेष्ट हाउसमा नेपाल प्रहरीको ब्यूरो इन्स्पेक्टर भएको झुटो परिचय दिँदै होटल सञ्चालकलाई धम्की दिने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार साँझ करिब पाँच बजे होटलमा एक व्यक्तिले आफू प्रहरी अधिकृत भएको बताई अनुचित व्यवहार गरिरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोली घटनास्थल पुगेको थियो ।
अनुसन्धानपछि ती व्यक्ति सर्लाहीको हरिवन नगरपालिका – ६ का २९ वर्षीय अनुक्रम खरेल भएको खुलेको छ । उनी नेपाल प्रहरीसँग कुनै सम्बन्ध नभएको पुष्टि भएपछि प्रहरीले शरीर खानतलासी गर्दा उनको साथबाट प्रतिबन्धित लागू औषध स्पास्मो प्रोक्सिभनका ३ पत्ता (२४ ट्याबलेट) फेला पारेको हो ।
हाल खरेललाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनाबारे छानबिन समिति गठन गर्न सरकारलाई संसदीय समितिको निर्देशन
-
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुपर्दैन : प्रधानमन्त्री
-
वर्षासँगै काठमाडौँको हावाको गुणस्तरमा सुधार
-
गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी नियुक्त
-
जडीबुटी कम्पनीमा आगजनी गरेको आरोपमा थप एक जना पक्राउ
-
अमेरिकी रक्षमन्त्रीद्वारा पाँच अर्ब १० करोड डलर खर्च कटौतीको घोषणा