बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय

आईपीएलको ‘डेब्यू’ खेलमै दुबै हातले बलिङ गरेर विकेट लिने यी श्रीलंकाली बलर

शुक्रबार, २२ चैत २०८१, १० : १३
शुक्रबार, २२ चैत २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा बिहीबार राति सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्सबिच खेल भएको थियो । उक्त खेलमा कोलकाताले हैदराबादलाई ८० रनले पराजित गर्यो ।

उक्त खेलमा सनराइजर्स हैदराबादको टोलीमा श्रीलंकाली अलराउन्डर कामिन्दु मेन्डिस पनि सहभागी थिए । २६ वर्षीय कामिन्दु मेन्डिसको आईपीएलमा यो ‘डेब्यू’ खेल थियो । खेलका क्रममा उनले एक ओभर बलिङ गर्ने अवसर पनि पाए । उनले एक विकेट पनि लिए । 

अर्को कारणले पनि कामिन्दु मेन्डिसको बलिङ चर्चामा रह्यो । उनले आफ्नो ‘डेब्यू’ खेलमा दुबै हातले बलिङ गरेर विकेटसमेत लिँदै चर्चा बटुलेका हुन् । उनलाई हैदराबादले १३औँ ओभरमा बलिङको अवसर दिएको थियो ।

कामिन्दुले पहिलो बल कोलकाताका दायाँहाते ब्याट्सम्यान अंगकृत रघुवंशीलाई फालेका थिए । त्यो बल उनले बायाँ हातले फालेका थिए । त्यसमा अंगकृषले एक रन लिए । कामिन्दुले दोस्रो बल भने दायाँ हातले फालेका थिए । 

कामिन्दुले दायाँ हातले फालेको दोस्रो बलमा कोलकाताका ब्याट्सम्यान वेंकटेश ऐयरले एक रन लिएका थिए । ओभरको चौथो बलमा कामिन्दुले अंगकृतलाई हर्षल पटेलद्वारा क्याच गराएका थिए । त्यतिबेला अंगकृत ५० रनमा खेलिरहेका थिए । आईपीएलमा कामिन्दुले लिएको यो पहिलो विटेक हो । उनले २० बलमा दुई छक्का र एक चौकाको मद्दतले २७ रन पनि बनाएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप