शनिबार, ३० चैत २०८१
ताजा लोकप्रिय

डढेलोमा परी युवतीको मृत्यु, चार घाइते

शुक्रबार, २२ चैत २०८१, ०९ : ३६
शुक्रबार, २२ चैत २०८१

पाँचथर । वनमा लागेको डढेलोमा परी एक युवतीको मृत्यु गएको छ । चारजना घाइते भएका छन । कुम्मायक गाउँपालिका–३ ताम्राखुमा वनमा लागेको डढेलोमा परी बिहीबार सोही वडाको हात्तीपोखरीकी २६ वर्षीया प्रतिमा सम्बाहाम्फेको मृत्यु भएको हो । 

बिहीबार प्रतिमासँगै २८ वर्षीया सपना सम्बाहाम्फे, ११ वर्षीया शिवाना सम्बाहाम्फे र ६० वर्षीया निरमाया सम्बाहाम्फे घाँस काट्न जङ्गल गएका थिए । आगलागीबाट जोगिन भाग्ने क्रममा उनीहरु डढेलोमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विनालाल साहले जानकारी दिए । 

घाइते चारै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । प्रतिमाको गए राति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य तीन जनाको धरानमा उपचार भइरहेको छ । उक्त वनमा लागेको आगो अझैसम्म नियन्त्रण नआएको कुम्मायक–३ का वडाध्यक्ष बावुराम कार्कीले जानकारी दिए । 

हावाहुरी चल्नासाथ डढेलो वस्तीमा पस्ने खतरा रहेको उहाँको भनाइ छ । आगो निभाउन गएका स्थानीय खगेन्द्र विक लडेर घाइते भएका छन् । 

यस्तै फिदिम नगरपालिका–१३ जैवारीस्थित रानीवन सामुदायिक वनमा लागेको डढेलोमा परेर फिदिम–१४ की ४७ वर्षीया उषा नेम्बाङ राई घाइते भएकी छिन् । 
दाउरा बोकेर आउने क्रममा उनी डढेलोमा परेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको धरानमा उपचार भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप