मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : एक्लै आयो ‘वसन्त’

शुक्रबार, २२ चैत २०८१, ११ : ३५
शुक्रबार, २२ चैत २०८१

काठमाडौं । आज (शुक्रबार)बाट फिल्म ‘वसन्त’ प्रदर्शनमा आएको छ । फ्राईडे रिलिज अन्तर्गत प्रदर्शनमा आएको फिल्मले सोलो रिलिज अवसर पाएको हो । यद्यपि देशभरको फिल्म हल यसले मात्र पाएको छैन । किनभने यस अगाडि रिलिज भएका ‘अञ्जिला’, ‘लाज शरणम्’ लगायत फिल्मले अझै धेरै स्टेसन ओगटेर छन् ।

‘वसन्त’ प्रकाश सपुतको निर्देशनमा डेव्यु फिल्म हो । नेपाल र विदेशका केही देशमा एकसाथ रिलिज भएको फिल्ममा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्कबहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामाको फिल्ममा कथा, पटकथा र संगीत समेत सपुतकै छ । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा फिल्मले बोकेको छ । 

फिल्मका निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्र नारायण श्रेष्ठ हुन् । फिल्मले केन्द्रीय जाँच समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप