सोमबार, २५ चैत २०८१
ताजा लोकप्रिय

आज  तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

शुक्रबार, २२ चैत २०८१, ०७ : ०२
शुक्रबार, २२ चैत २०८१

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्न लागेको हो । 

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा काठमाडौँको तीनकुनेमा यही चैत १५ गतेको घटनाका सम्बन्धमा गृहमन्त्री रमेश लेखकसँग छलफल गर्ने कार्यसूची रहेको छ । 

अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल हुनेछ । 

विधायन व्यवस्थापन समितिको बैठक पनि आजै बस्दै छ । दिउँसो १ बजे  सुरु हुने  बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप