मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय

इंग्लिश प्रिमियर लिगमा चेल्सीलाई सफलता

शुक्रबार, २२ चैत २०८१, ०६ : ०२
शुक्रबार, २२ चैत २०८१

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । बिहीबार राती घरेलु मैदानमा चेल्सीले टोटनह्याम हट्स्परलाई १-० ले हरायो । 

चेल्सीलाई विजयी गराउन एन्जो फर्नान्डिजले निर्णायक गोल गरे । उनले पहिलो हाफपछि अर्थात् ५० औं मिनेटमा गोल गरेका हुन् । यस्तै, यस्तै मोइसेृस क्यासेडोले गरेको प्रहारलाई भीएआरले मान्यता दिएन । ६९ औं मिनेटमा टोटनह्यामका पेप मटर सर्रको प्रहार पनि विफल भयो ।  

यो जितसँगै चेल्सी ५२ अंकसहित चौथो स्थानमा कायम छ । टोटनह्याम भने १४ औं स्थानमा छ । शीर्ष स्थानको लिभरपुलको समान ३० खेलबाट ७३ अंक छ । आर्सनल ६१ अंकसहित दोस्रो स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप