सोमबार, २५ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ट्रम्पको विश्वव्यापी आयातकर घोषणाले अमेरिकी शेयर बजारमा भारी गिरावट

बिहीबार, २१ चैत २०८१, २३ : १३
बिहीबार, २१ चैत २०८१

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी अतिरिक्त भन्सार शुल्क अर्थात् आयातकर घोषणा गरेपछि अमेरिकी शेयर बजारमा भारी गिरावट आएको छ । नाइक, एप्पल र अमेजन जस्ता ठूला ब्राण्डको शेयर मूल्यमा प्रत्यक्ष गिरावट देखिएको हो । 

यद्यपि, ह्वाइट हाउसले वाल स्ट्रिटबाट ‘राष्ट्रपति ट्रम्पमाथि भरोसा गर्न’ आग्रह गरेको छ । म्यानाडामा प्रधानमन्त्री मार्क कार्नीले केही अमेरिकी सवारी साधनमा २५ प्रतिशत भन्सार शुल्कको घोषणा गरेको छ । 

बेलायतले अमेरिकी उत्पादनको ४०० पृष्ठ लामो सूची तयार पारेको छ । जसमा अतिरिक्त भन्सार शुल्क लगाउन सक्छ । अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबारदेखि बेलायतसहित अधिकांश मुलुकमाथि १० प्रतिशत भन्सार शुल्क अर्थात् आयातकर लगाउने घोषणा गरेका छन् । जहाँ ९ अप्रिलबाट अमेरिकाको केही ठूला व्यापारिक साझेदारमाथि उच्च दर लगाइनसक्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप