गण्डकी विश्वविद्यालयमा नयाँ कुलपति नियुक्त हुँदै, ३ जनाको नाम सिफारिस

पोखरा । प्रदेश सरकारले स्थापना गरेको पहिलो विश्वविद्यालय गण्डकी विश्वविद्यालयमा नयाँ कुलपति नियुक्तिको लागि नाम सिफारिस गरिएको छ । उम्मेदवार छनोट समितिले ३ जनाको नाम मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई सिफारिस गरेको हो ।
स्रोतका अनुसार प्राडा इन्द्रप्रसाद तिवारी, प्राडा विश्वकल्याण पराजुली र प्राडा सरोज कोइरालाको नाम सिफारिस भएको छ । उनीहरू तीनै जना पोखराका हुन् । सरकारले विश्वविद्यालयका न्यायिक परिषद् अध्यक्ष प्राडा कैलाशनाथ प्याकुरेलको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो ।
समितिको सदस्यहरूमा प्रदेश लोकसेवा आयोगकी सदस्य कल्पना लम्साल र न्यायिक परिषद् सदस्य डा.यमुना घले छन् । समितिले बुझाएको नाममध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले कुलपति नियुक्त गर्नेछ । विश्वविद्यालयको कुलपति हुन ७ जनाले आवेदन दिएका थिए । ५ जनाको दरखास्त मात्रै स्वीकृत भएको थियो ।
स्वीकृत दरखास्तबाट २ समूह बनाएर १९ र २० गते प्रस्तुतीकरण र अन्तर्वार्ता लिइएको थियो । दरखास्त स्वीकृत हुनेमा सिफारिस भएका तीन जनासँगै प्राडा कुसुमाकर न्यौपाने र प्राडा नवराज देवकोटा पनि थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
-
सर्लाहीमा बढेन चैते धानको खेती
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
आज कति छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन, क्यानेडियन र हङकङ डलरको मूल्य ?
-
आज देशभर अक्षय तृतीया पर्व मनाइँदै
-
च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा पीएसजी विजयी, आर्सन पर्यो दबाबमा