समाचार
दुर्गा प्रसाईं चढेको स्कोर्पियो इटहरीमा फेला
बिहीबार, २१ चैत २०८१, २१ : १५

काठमाडौँ । तीनकुनको प्रदर्शन स्थलबाट फरार भएका दुर्गा प्रसाईं चढेको गाडी इटहरीमा भेटिएको छ । इटहरीमा भेटिएको बिएबी–४२०८ नम्बरको स्कोर्पियो कठमाडौँ ल्याइएको उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङले रातोपाटीलाई बताए ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गाडी धनीलाई पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिकास्थित काँडाघारी घर भएका मुकुन्द दाहाललाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
तीनकुनेबाट प्रसाईं सवार गाडी ईश्वर विकले हाँकेका थिए । प्रसाईंलाई झापास्थित बिएण्डसी अस्पतालमा लगेर छाडेको चालकले प्रहरीलाई बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलनको सबै दोष सरकारलाई लगाएर कोही उम्किन मिल्दैनः अध्यक्ष ठाकुर
-
शिक्षा क्षेत्रमा गम्भीर समस्या निम्तिने प्याब्सनको चेतावनी
-
पोखरा विमानस्थल निर्माणमा कसरी भयो अनियमितता ?
-
युक्रेनले क्रिमियामाथिको आफ्नो दाबी त्याग्ला ?
-
गलत नियतका साथ रिपोर्ट आएको छ तर भ्रष्टाचार भएको छैन भन्न मिल्दैन
-
गोहीको अण्डा सङ्कलन सुरु