मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय

अपहरणमा परेकी सात वर्षीय बालिकाको उद्धार

बिहीबार, २१ चैत २०८१, २० : ५८
बिहीबार, २१ चैत २०८१

रामधुनी । सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरी टोलबाट अपहरणमा परेकी एक सात वर्षीय बालिकालाई प्रहरीले उद्धार गरेको छ । बुधबार दिउँसो आफ्नै घर अगाडि खेल्ने क्रममा अपहरणमा परेकी बालिकाको आज उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

खेलिरहेकी बालिकालाई अपरिचित मानिसले सिटी सफारीमा चढाएर अपहरण गरी लगेको भन्ने सूचना प्रहरीलाई बालिकाको परिवारले दिएको थियो । सूचनाका आधारमा बालिकालाई कोशी गाउँपालिका–८ स्थित कोशी ब्यारेजको २६ नम्बर ढोकाको पुल माथिबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । 

अपहरण गरेको आरोपमा सप्तरीको कञ्चनरुप नगरपालिका–१२ का जितुवा भन्ने जितेन्द्र साह (हलुवाई) लाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । बालिकाको स्वास्थ्य परीक्षण गरेर परिवारको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप