प्रधानमन्त्रीले तीनजुरे क्षेत्रबाट ‘पर्यटन वर्ष २०८२’ को उद्घाटन गर्ने
बिहीबार, २१ चैत २०८१, २० : ४७

मोरङ । कोशी प्रदेश सरकारले चैत २७ गते तेह्रथुमको तीनजुरे क्षेत्रबाट ‘पर्यटन वर्ष २०८२’ को उद्घाटन गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘पर्यटन वर्ष २०८२’ को उद्घाटन गर्ने भएका हुन् ।
चैतको तेस्रो साता बित्दा समेत उद्घाटन गर्ने क्षेत्रमा लालीगुराँस नफुलेपछि बाटोको आसपासको गुराँसको कोपिलामा लागेको धुलो र धुवाँ पखाल्न पानी हाल्ने काम भैरहेको लालिगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले बताए।
तीनजुरे लालीगुराँसको राजधानी मानिन्छ, जहाँ ३२ प्रजातिका गुराँस पाइन्छन्। नेपालमा पाइने ३६ मध्ये ३२ प्रजातिका गुराँस यही क्षेत्रमा पाइन्छन्। तीनजुरे, मिल्के र जलजले तेह्रथुम, संखुवासभा र ताप्लेजुङमा पर्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्ज महानगरपालिका क्षेत्रमा सेना परिचालन
-
तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास
-
कलाकार वत्सगोपाल, जो तन्त्रका विम्बसँग खेलिबस्छन्
-
मकालुमा लेक लागेर चिकित्सकको मृत्यु
-
रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा : अध्यक्ष बस्नेत
-
यस्तो देखियो ‘नरसिंहाः अवतार’ मा नीति शाहको लुक्स