बागलुङमा भिरबाट लडेर एक पुरुषको मृत्यु
बिहीबार, २१ चैत २०८१, २० : ३७

ढोरपाटन । बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको तमानखोला गाउँपालिका– १ हिलका ५० वर्षीय इन्द्र घर्तीमगरको भिरबाट लडेर मृत्यु भएको हो ।
आज बारीमा घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका घर्तीमगरको हेलिकप्टरमार्फत पोखरास्थित मणिपाल अस्पतालमा पुर्याइएको थियो । अस्पताल पुर्याएको केही समयमै घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।
घर्ती भिरबाट एक सय मिटर तल खसेका थिए । उनले भने, ‘घटनास्थलबाट उद्धार गरी त्यहाँको स्थानीय स्वास्थ्य चौकीमा ल्याएर उपचार गर्दा टाउकोमा ठूलो चोट लागेको थियो, बोल्न सक्नु हुँदैनथ्यो, तत्कालै हेलिकप्टरको व्यवस्थापन गरेर पोखरा पठाइएको थियो, अस्पताल पठाएको केही समयमै उहाँको निधन भयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागीका घटना : लाखौँको धनमाल जलेर नष्ट
-
विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
-
कृषिका प्रविधिहरू किसानसँग जोड्नुपर्नेमा जोड
-
वीरगन्ज सर्वदलीय बैठक : विवाद समाधानका लागि ३ बुँदे प्रतिबद्धता
-
वीरगन्जमा कर्फ्यु लम्बियो
-
नयाँ वर्षको रौनक : सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो