सोमबार, २५ चैत २०८१
ताजा लोकप्रिय

अहिले राजाको तानाशाही शासनभन्दा कम छैन–सीके राउत

बिहीबार, २१ चैत २०८१, २० : २५
बिहीबार, २१ चैत २०८१

काठमाडौँ । जनमत पार्टी डा.सीके राउतले गणतन्त्र रक्षाको कुरा उठे पनि संघीयता रक्षाको कुरा नउठेको बताएका छन् । 

मधेशका सात दलले बिहीबार आयोजना गरेको संघीय लोकतान्त्रिक मोर्चा घोषणा कार्यक्रममा उनले संघीयतालाई व्यवस्थित गर्ने, कार्यान्वयन गर्ने काम अझै नभएको टिप्पणी गरे । अहिले पनि सीडीओ र एसपीले जिल्ला चलाइरहेका उनले बताए । उनले यो संघीयतामा पनि सिंहदरबारले प्रदेश र स्थानीय तह चलाइरहेको गुनासो गरे । 

अहिलेको शासन राजाको तानाशाहीभन्दा कम आफूलाई नलागेको उनको भनाइ थियो । उनले सिंहदरबारबाट एकल शासन गरेर देशलाई लुट्ने काम भइरहेकाले त्यसलाई रोक्न मोर्चा गठन गरिएको जानकारी दिए ।

'हामी यहाँसम्म कसैको आशीर्वादबाट होइन, ठुलो आन्दोलन र बलिदानीबाट यहाँसम्म आइपुगेका हौँ,' उनले भने, 'मोर्चा आफ्ना कार्यक्रम लिएर संघर्षमा आउँछ।' 

मोर्चा गठनमा महत्वपूर्ण भूमिका खेलेका जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले देश जटिल अवस्थामा पुगेको बताए । मोर्चा कसैविरुद्ध नभई देशलाई नयाँ दिशा दिन गठन भएको उनले बताए । साथै सरकार बिचौलियाले सञ्चालन गरेको पनि उनले टिप्पणी गरे । 

'यो संविधानलाई लावारिस बनाउने प्रयास भइरहेको छ,' उनले भने, 'हामीबाट पनि त्रुटि भएका छन्, त्यसलाई सच्याउँदै अगाडि बढ्छौँ ।' उनले अब आफूहरूलाई गल्ती गर्ने छुट नभएको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप