शनिबार, ३० चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समाचार

धनकुटा बजार नजिकै आगलागी, बजार जोखिममा

बिहीबार, २१ चैत २०८१, २० : ०८
बिहीबार, २१ चैत २०८१

धनकुटा । धनकुटा नगरपालिका–५ स्थित बडहरे सामुदायिक वन र वडा नं. ८ मा छोटीमा रहको सामुदायिक वनमा भीषण आगलागी भएको छ । बिहीबार दिउँसोबाट सुरु भएको आगो अझै नियन्त्रण हुन सकेको छैन । 

आगो बढ्दै गएकाले आसपास क्षेत्रको बस्ती जोखिममा परेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् ।  तर, आगो नियन्त्रण हुन नसक्दा बस्तीमा जोखिम बढेको हो । आगलागी भएको क्षेत्रमा सडक नभएकाले दमकल पुग्न नसक्दा आगो नियन्त्रणमा समस्या भएको धनकुटाका प्रहरी प्रमुख एसपी श्यामसिंह चौधरीले बताए ।

दिउँसो जङ्गलको तल्लो भागबाट सुरु भएको आगो अहिले बस्तीतर्फ बढ्दै गएको छ । आगो बढ्दै गएकाले आसपास क्षेत्रको बस्तीमा जोखिम बढेको स्थानीय मोहन राईले बताए ।  ‘निकै ठुलो आगो लागेको छ । आगलागीबाट वडा नं. ५ को जलाधार आसपासको क्षेत्र र वडा नं. ७ चुलीबन आसपासको क्षेत्र जोखिममा परेको छ,’ उनले भने । 

अहिले सो क्षेत्रमा वस्तिमा आगो पस्न नदिन धनकुटा नगरपालिकाका दुई वटा दमकल, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तैनाथ गरिएको एसपी चौधरीले बताए । तर, सडक नहुँदा दमकल आगलागी क्षेत्रमा पुग्न सकेको छैन । उनले आगो लगाउनेको खोजी सुरु गरिएको पनि जानकारी दिए ।

यस्तै धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. २ सालुम्बामा आगलागी हुँदा स्थानीय पञ्च लुम्बाको गोठघर जलेर नष्ट भएको छ । टिनको छानो, बास र काठले बनेको १ तले गोठघर र घरभित्र रहेको सामानहरू जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट एक लाख १५ हजार रुपैयाँ बराबरको क्षति भएको एसपी चौधरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप