चीनस्थित अमेरिकी कर्मचारीलाई चिनियाँसँग शारीरिक सम्बन्ध राख्न रोक

काठमाडौँ । अमेरिकी सरकारले चीनमा रहेका आफ्ना कर्मचारी, उनीहरूका परिवारका सदस्य, ‘सेक्युरिटी क्लियरेन्स’ प्राप्त ठेकदारलाई चिनियाँ नागरिकका साथ कुनै प्रकारको रोमान्स गर्न, शारीरिक सम्बन्ध राख्न रोक लगाएको छ ।
‘एसोसिएट प्रेस’ (एपी) समाचार एजेन्सीका अनुसार गत जनवरीमा चीन छाड्नु अघि अमेरिकी राजदूत जिकोलस बर्न्सले यस्तो नीति लागु गरेका थिए । यद्यपि यस्तो प्रावधान लागु गरिएको औपचारिक घोषणा भने गरिएको छैन । चीनमा रहेका तर पहिचान नखुलाइएका अमेरिकी कूटनीतिज्ञलाई उद्धृत गर्दै ‘एपी’ले यस्तो व्यवस्था लागु भएको जनाएको हो ।
केही अमेरिकी एजेन्सीले पहिलादेखि नै यस्ता सम्बन्धबारे कडा नियम लागु गर्दै आएका थिए । यद्यपि, अन्य देशमा रहेका अमेरिकी कूटनीतिज्ञका लागि स्थानीय नागरिकसँग ‘डेटिङ’ गर्नु र उनीहरूसँग विवाह गर्नु पनि असामान्य हुने गरेको छैन ।
चीनस्थित अमेरिकी मिसनमा सामेल भएकाहरूका लागि नयाँ नियम लागु गरिएको जनाइएको छ । यस अन्तर्गत बेइजिङस्थित अमेरिकी दूतावास, ग्वाङझाउ, शांघाई, शेनयाङ्ग, उहानस्थित वाणिज्य दूतावासका साथै हङकङमा रहेको अमेरिकी वाणिज्य दूतावासका कर्मचारी पर्दछन् । चीन बाहिर तैनाथ अमेरिकी कर्मचारीमा यस्तो नियम लागु नहुने बताइएको छ ।
यस्तो आदेश दिनु अघि नै कुनै अमेरिकी कर्मचारीले चिनियाँ नागरिकसँग सम्बन्ध राख्दै आएको भएमा उसले त्यस्तो सम्बन्धको निरन्तरताका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिकएको छ ।
‘एपी’ का अनुसार त्यस्तो आवेदनमाथि छानबिन गरिने र सोही आधारमा आवेदन स्वीकृत नभएमा सम्बन्धित अमेरिकी कर्मचारीले चिनियाँ नागरिकसँगको आफ्नो सम्बन्ध अन्त्य गर्नुपर्ने वा पदबाट राजीनामा दिनुपर्नेमध्ये कुनै एक विकल्प रोज्नुपर्ने पनि उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा