वीरगञ्जबाट २२० ग्राम ब्राउनसुगरसहित चार भारतीय पक्राउ
वीरगञ्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा लागुऔषध ब्राउनसुगरसहित चार भारतीयलाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिकाको रजतजयन्ती चोकबाट २२० ग्राम ब्राउनसुगरसहित उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बिहार रक्सौल निवासी अमित कुमार श्रीवास्तव, किसन कुमार, सुधीर कुमार कुशवाहा र राजाकुमार यादव रहेका छन् ।
विशेष सूचनाका आधारमा गरिएको जाँचका क्रममा प्रहरीले भारतीय नम्बरको स्कारपियोसहित चारै जनालाई पक्राउ गरेको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता किशोर लम्सालले बताए । उनका अनुसार प्रहरीले उनीहरुको साथबाट बीआर ०६ बीई ०००७ नम्बरको स्कारपियो बरामद गरेको छ ।
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । चारै जनामाथि लागु औषध मुद्दामा अदालतबाट पाँच दिनको म्यादसमेत थप भइसकेको पर्सा प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेनिशाको ‘कल्ली’ कात्तिक २१ मा रिलिज हुने
-
बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित
-
सरकारले जफत गर्यो खुमबहादुर खड्काको जग्गा
-
युक्रेनमा १ करोड ३० लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता
-
बुढानिलकण्ठ नगरपालिका र डोल्पाका दुई पालिकाबीच शैक्षिक साझेदारी
-
नेपाल र भारतका कृषिमन्त्रीबिच समझदारी पत्रमा हस्ताक्षर