शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२० लाख ९२ हजार हुन्डीको रकमसहित चिनियाँ नागरिक पक्राउ

बिहीबार, २१ चैत २०८१, १८ : ३८
बिहीबार, २१ चैत २०८१

काठमाडौँ । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका वडा नम्बर २७  महाबौद्धबाट चीनको तिब्बत स्थायी घर भई भारतको जोगिन्दर नगर बस्ने २६ वर्षीया महिला रिक्सी वाङ्मोलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । 

बिहीबार प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले उनको साथबाट २० लाख ९२ हजार रुपैयाँसमेत बरामद गरेको छ । उनको साथबाट १ हजार रुपैयाँ दरका ११८३ थान, पाँच सय रुपैयाँका १८१८ थान र आइफोन कम्पनीको एउटा मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएको छ । 

उनलाई नियन्त्रणमा लिएर काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप