रौतहटमा ५० वर्षीय महिलाको शव गाडेको अवस्थामा भेटियो, हत्या आशंका
वीरगञ्ज । रौतहटमा ५० वर्षीय महिलाको शव फेला परेको छ ।
वृन्दावन नगरपालिकाको वडा नम्बर–१ स्थित जंगलमा महिलाको शव फेला परेको रौतहट प्रहरीले पुष्टि गरेको छ । नगरपालिकाको विश्रामपुरस्थितको जंगलमा गाडेको अवस्थामा महिलाको शव फेला परेको गरुडा प्रहरी प्रमुख राजन कार्कीले बताए ।
फेला परेको शव वृन्दावन नगरपालिकाको वडा नम्बर–१ की फूलमतिया देवीको रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी गएको १४ गते आफ्नो घरबाट बेपत्ता भएकी थिइन् । बेपत्ताको आठौँ दिनपछि आज उनको शव फेला परेको हो ।
प्रहरीमा उजुरी आएपछि तालिमप्राप्त कुकुरको सहयोगमा खोजी गर्दा फूलमतियाको शव जंगलमा गाडेको अवस्थामा फेला परेको गरुडा प्रहरीका डीएसपी कार्कीले बताए । फेला परेको शव हत्या गरिएको हुन सक्ने विश्लेषण गर्दै प्रहरीले अनुसन्धान सुरु गरिसकेको उनले बताए ।
हत्यामा संलग्न रहेको आरोपमा अहिलेसम्म दुई जनालाई पक्राउसमेत गरिसकेको उनले जानकारी दिए ।
'बरामद महिलाको शव सनाखत भइसकेकोले कसले र किन हत्या गरेको हो ? त्यसबारे विस्तृत अनुसन्धान भइरहेको छ,' रौतहट प्रहरी प्रवक्ता दीपककुमार रायले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले गर्दा जनता आक्रोशित भए : डा.शेखर कोइराला
-
सामसङले ल्यायो नयाँ वर्ष अफर
-
विश्वकप एसिया छनोटका लागि यु-१९ टोली घोषणा
-
बार निर्वाचन : मिश्र श्रेष्ठभन्दा एक हजार १४३ मतले अगाडि, कहिले सकिन्छ मतगणना ?
-
कांग्रेस र कम्युनिस्टको नीतिको कारण देशमा विकास पछि परेको हो : उपेन्द्र यादव
-
पेस्तोल, गोली र १ सय ९ किलो गाँजासहित युवक पक्राउ