हुन्डी कारोबारमा संलग्न चिनियाँ नागरिक झन्डै २१ लाख नगद सहित पक्राउ
बिहीबार, २१ चैत २०८१, १७ : ३१

काठमाडौँ । हुन्डी कारोबारमा संलग्न एक जना चिनियाँ नागरिक झन्डै २१ लाख नगद सहित पक्राउ परेका छन् । चिनियाँ नागरिक २६ वर्षीय रिक्शे वाङ्मोलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
राजधानीको महाबौद्ध क्षेत्रमा हुन्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले उनको साथबाट २० लाख ९२ हजार नगद फेला पारेसँगै नियन्त्रणमा लिइएको हो ।
उनी विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा प्रधानमन्त्रीका उम्मेदवारले त्यागे ‘वर्क फर्म होम’ अन्त्य गर्ने योजना
-
झुक्किएर डिपोर्ट भएका पुरुषलाई अमेरिकाले फर्काउन नसकेपछि...
-
लोसपा मधेस प्रदेश संसदीय दलको नेतामा राइन चयन
-
चैते धानको बीउ अनुदानमा दिँदै पोखरा महानगर
-
ट्राफिक नियम उल्लंघनकर्ताले अनलाइनबाटै कक्षा लिन पाउने व्यवस्था गरिँदै
-
गुरागाईं काममा फर्किएपछि काठमाडौँ महानगरका कर्मचारीले रोकिएको तलब पाए