सिटिजन्स बैंकद्वारा बेबी लाइफ होमलाई सहयोग प्रदान
_izGAgQlQab.jpg)
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब डेढ दशक देखि एच .आई. भी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको बेबी लाइफ होमलाई आर्थिक सहयोग स्वरूप रु दुई लाख प्रदान गरेको छ ।
बैंकले आफ्नो १८औँ वार्षिक उत्सव आँउदो बैशाख ७ गते मनाउदै छ । सोही उपलक्ष्यमा बैंकले यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो ।
बेबी लाइफ होममा हाल २७ जना एच .आई. भी संक्रमित बालबालिका आश्रित रहेका छन् । विशेष गरी बिपन्न समुदायमा जन्मेका एच. आई. भी पोजेटिभ भएका बालबालिकालाई शिक्षा प्राप्त गर्ने आधारभूत अधिकार प्रदान गर्न संस्थालाई निकै कठिन चुनौतीहरूको सामना गर्नुपर्ने हुँदा सञ्चालनमा केही सहजता होस भन्ने हेतुले बैंकले एक समारोहका बिच रु दुई लाखको चेक संस्थाका सञ्चालक श्री राज कुमार पुन लाई हस्तान्तरण गरेको हो । उक्त रकम बालबालिकाको खानपान, शिक्षा र स्वास्थ्योपचारमा खर्च गर्ने कुरा संस्थाका सञ्चालक राज कुमार पुनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल