शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

बिहीबार, २१ चैत २०८१, १६ : ३४
बिहीबार, २१ चैत २०८१

काठमाडौँ । पुरुषोत्तम बजगाईंको उपन्यास ‘नीलो प्रेम’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा स्रष्टा प्रा.डा कृष्णहरि बराल, राजुबाबु श्रेष्ठ, घनेन्द्र ओझा, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, लेखकका बुबा पं. उद्धव बजगाईँ, लेखककी जीवनसाथी सुजाता चम्लागाईंले संयुक्त उपन्यास सार्वजनिक गरे । उपन्यास इन्डिगो इन्कले प्रकाशन गरेको हो ।

कार्यक्रममा लेखक पुरुषोत्तम बजगाईंले आफूले देखे, सुनेका विषयलाई नै उपन्यासको रूप दिएको सुनाए । 

‘नीलो प्रेम’ विशेष गरी किशोर–किशोरीका प्रेममा केन्द्रित रहेको समीक्षक घनेन्द्र ओझाले बताए । उनले ‘नीलो प्रेम’ आदर्श प्रेमको पक्षमा देखिएको भन्दै उपन्यास विषयका हिसाबले सबै उमेर समूहका पाठकका लागि उपयुक्त रहेको धारणा राखे ।

प्रा. डा. कृष्णहरि बरालले उपन्यास लेखनका विविध सैद्धान्तिक पक्षको चर्चा गर्दै ‘नीलो प्रेम’ले उपन्यासका सीमा र मान्यतालाई आत्मसात् गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप