बिहीबार, २८ चैत २०८१
ताजा लोकप्रिय
अदालत

कुलमान र हितेन्द्रदेवको रिटमाथिको सुनुवाइ सकियो, आदेश आजै आउने

बिहीबार, २१ चैत २०८१, १६ : ०४
बिहीबार, २१ चैत २०८१

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमाथिको सुनुवाइ बिहीबार सकिएको छ ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतमा मंगलबारदेखि न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाइ भएको थियो । मंगबार इजलासमा कुलमानका तर्फबाट कानुन व्यवसायीहरूले र बुधबार हितेन्द्रदेवका कानुन व्यवसायीले बहस गरेका थिए । यस्तै बुधबार सरकारका तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले बहस गरेका थिए ।

बिहीबार तेस्रो दिनको बहसमा हितेन्द्रदेव र सरकारी वकिलले बहस गरेपछि कुलमानका कानुन व्यवसायीहरूले जवाफी बहस गरेका थिए । 

बहस सकिएसँगै यतिबेला आदेश लेखनको काम भइरहेको छ भने आदेश आजै आउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप