सन् २०३१ को महिला विश्वकप अमेरिकामा र त्यसपछि संस्करण संयुक्त अधिराज्यमा

काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले सन् २०३५ को महिला विश्वकप फुटबल प्रतियोगिता आयोजनाको दौडमा संयुक्त अधिराज्य निर्विकल्प दाबेदारका रूपमा देखिएको प्रतिक्रिया दिएका छन् ।
इङ्गल्यान्ड, स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डले उक्त विश्वकप आयोजनाका लागि संयुक्त रूपमा दाबी प्रस्तुत गरेका थिए । फिफाको रोटेशन नियम अनुसार, उक्त विश्वकप युरोप वा अफ्रिकामा आयोजना हुनुपर्छ ।
स्पेन फुटबल महासंघका अध्यक्ष राफेल लुजानले गत साता आफूहरूले पोर्चुगल र मोरक्कोसँग मिलेर सन् २०३५ को महिला विश्वकप आयोजना गर्ने बताएका थिए । उनले उक्त विश्वकप आयोजनाका लागि संयुक्त दाबी पत्र प्रस्तुत गर्ने तयारी भइरहेको जानकारी दिएका थिए ।
तर, महिला विश्वकप आयोजनाका लागि दाबी गर्ने अन्तिम समय सोमबार नै सकिएको छ । यो अवधिमा अन्य राष्ट्रले दाबी प्रस्तुत नगरेकाले फिफा अध्यक्ष इन्फान्टिनोले संयुक्त अधिराज्यलाई निर्विकल्प दाबेदार भनेका हुन् ।
यसको अर्थ उक्त विश्वकप अब संयुक्त अधिराज्यमै आयोजना हुनेछ । ‘सन् २०३५ को फिफा महिला विश्वकपका लागि संयुक्त अधिराज्यबाहेक अन्य कसैले दाबी प्रस्तुत गरेनन् । त्यसैले विश्वकपको उक्त संस्करण त्यहीँ आयोजना हुनेछ,’ इन्फान्टिनोले भनेका छन् ।
त्यसअघि सन् २०३१ को फिफा महिला विश्वकप भने अमेरिकामा आयोजना हुनेछ । ‘सन् २०३१ को महिला विश्वकप आयोजनाका लागि अमेरिका र सन् २०३५ को महिला विश्वकप आयोजनाका लागि संयुक्त अधिराज्यले मात्र दाबी प्रस्तुत गरे,’ उनले बेलग्रेडमा आयोजित यूईएफएको साधारण सभाका क्रममा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०८१ सालमा लुम्बिनी प्रदेश : एमालेलाई लाभैलाभ, साना दललाई संकट
-
नागरिकको भरोसा बढाउने गरी काम गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
-
नर्भिक अस्पताल ३३ औँ वर्षमा प्रवेश, तीन दशकमा २५ लाखभन्दा बढीले लिए सेवा
-
शिक्षकहरूले नयाँ वर्ष सडकमै मनाउँदै
-
नेपाल एयरलाइन्सद्वारा ऋण बापतको ५३ करोड ९ लाख भुक्तानी
-
वेवारिसे अवस्थामा १८० किलोग्राम गाँजा बरामद