बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय

सरकार र सहकारी तथा लघुवित्त संघर्ष समितिबिच भएको सहमति कार्यान्वयन गर्न माग

बिहीबार, २१ चैत २०८१, १५ : ०६
बिहीबार, २१ चैत २०८१

काठमाडौँ । सरकार र सहकारी तथा लघुवित्त संघर्ष समितिबिच भएको सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँमा प्रदर्शन भएको छ । 

सहमति कार्यान्वयनको मागसहित सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको अगुवाईमा काठमाडौँमा आन्दोलन भइरहेको हो । आन्दोलनका लागि विभिन्न जिल्लाबाट लघुवित्त पीडित काठमाडौँमा आएका छन् । बिहीबार उनीहरूले काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका थिए ।

सहकारी पीडित, लघुवित्त पीडित तथा मिटरब्याज पीडितहरूसँग यसअघि सरकारले गरेको सहमति कार्यान्वयन गरेको भन्दै पुन आन्दोलन गर्नुपरेको महासंघका अध्यक्ष कुशलभ केसीले बताए । उनले सरकारले पटक पटक सम्झौता गर्ने तर पीडितको समस्या समाधान नगर्ने गरेको आरोप लगाए । 

समस्या समाधानका लागि विभिन्न समिति बनाएर प्रतिवेदन बुझाइसकेपनि कार्यान्वयनमा समस्या देखिएको महासंघको आरोप छ । प्रदर्शनकारीहरुले लघुवित्त संस्थाहरु खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, मिटरव्याजी तमसुक रद्द गर्नुपर्ने लगाएका माग समेत अघि सारेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप