च्याटजीपीटीको मद्दतले युवकले जिते मुद्दा

कजाकिस्तान । कजाकिस्तानका एक २३ वर्षीय युवकले च्याटजीपीटीको मद्दतले अदालतमा मुद्दा जित्न सफल भएका छन् । ट्राफिक प्रहरीले काटेको चिटविरुद्धको मुद्दा उनले जितेका हुन् ।
सन् २०२४ को डिसेम्बरमा केन्जेबेक इस्माइलोभले आफ्नी आमालाई गाडीमा कजाकिस्तानको सबैभन्दा ठुलो सहर अल्माटीस्थित एक अस्पतालमा लैजाँदै थिए । त्यतिबेला अचानक उनीहरूभन्दा अघि रहेको एउटा कार बिना कारण रोकिन्छ । सो सडकमा एउटा मात्र कार लेन थियो ।
रोकिएको कारलाई ओभरटेक गर्नका लागि उनले दाहिने पट्टी रहेको बस लेन प्रयोग गर्छन् । उनको यो हर्कत सर्भेलेन्स क्यामेराले रेकर्ड गर्छ । लगत्तै उनले ट्राफिक नियम उल्लंघन गरेको भन्दै चिट प्राप्त गर्छन् ।
ती युवाले आफ्नो अवस्थाको बारेमा जानकारी दिँदै टिकटविरुद्ध प्रहरीकहाँ उजुरी दर्ता छन् । तर, उनको उजुरीलाई रद्द गरिन्छ ।
अब उनीसँग अदालत जाने एक मात्र विकल्प बाँकी रहन्छ । अब उनले यसका लागि एआई मोडल च्याटजीपीटी प्रयोग गर्छन् ।
अदालतको प्रक्रियाबारे कुनै जानकारी नभएका उनी करिब ११ डलरको चिटका लागि कुनै वकिललाई पैसा तिर्न चाहँदैन थिए । त्यसैले उनले कानुनी सहायकताका लागि च्याटजीपीटीको सहयोग लिएका थिए।
आफ्नो समस्या र घटनाको भिडियो ट्राफिक अधिकारीसँग रहेको च्याटजीपीटीलाई सुनाएपछि च्याटजीपीटीले उनलाई यसबारे आवश्यक कानुनी सल्लाह प्रदान गर्छ । सामाजिक सञ्जाल एक्समा आफ्नो अनुभव साझा गर्दै इस्माइलोभले अशिष्ट तरिकाले प्रस्तुत भएको ट्राफिक प्रहरीले जसरी पनि जरिवाना तिर्नुपर्ने बताएको उल्लेख गरेका थिए । तर, उनले अदालतमा मुद्दा हालेपछि भने ट्राफिक प्रहरीले उनलाई सम्पर्क गरेर मुद्दा फिर्ता लिए सो चिट दस्ताबेजबाट खारेज गर्ने प्रस्ताव गरेका थिए ।
तर, च्याटजीपीटीले उनलाई मुद्दा फिर्ता नलिन सुझाव दिँदै अदालतमा प्रक्रिया अपनाउन सुझाएको थियो । १० मिनेटको सुनुवाइमा इस्माइलोभले च्याटजीपीटीको प्रयोग गरेर न्यायाधीशले सोधेका प्रश्नहरूको जवाफ दिएका थिए । एआईले यति राम्रो जवाफ दियो कि न्यायाधीशसँग सो जरिवाना खारेज गर्नेबाहेक कुनै विकल्प नै बाँकी रहेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमणको विरोधमा मोरक्कोको राजधानीमा विरोध प्रदर्शन
-
अमेरिकी भन्सार नीतिले विश्वव्यापी व्यापारमा बाधा पुर्याउँछः तान्जानियाली विश्लेषक
-
सङ्घको लक्ष्य १६ लाख, कोशी प्रदेशकै १० लाख !
-
कोशीमा पर्यटन प्रवर्द्धनका आधार के हुन् ?
-
‘एक पालिका एक पर्यटन पहिचान’ बनाऔँ
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्ति होला ?