कुमारीपाटी जावलाखेल सडक महोत्सव शुक्रबारदेखि
बिहीबार, २१ चैत २०८१, १४ : ५५
ललितपुर । ललितपुरको कुमारीपाटी–जावलाखेलमा शुक्रबारदेखि चैत २३ गतेसम्म सडक महोत्सव हुने भएको छ । स्थानीय कला र संस्कृतिको प्रवर्द्धन गर्न कुमारीपाटी जावलाखेल विकास संस्था र ललितपुर महानगरपालिकाले ललितपुर उद्योग वाणिज्य सङ्घको सहयोगमा महोत्सवको आयोजना गरेको हो ।
स्थानीय कला, संस्कृतिको संरक्षणका साथै पर्यटन प्रवर्द्धनका लागि नौ वर्षपछि कुमारीपाटी–जावलाखेल खण्डमा महोत्सवको आयोजना गर्न लागिएको ललितपुर महानगरपालिका–४ का वडाध्यक्ष सन्तोष खड्काले जानकारी दिए ।
महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेकाले भोलि दिउँसो १ बजे बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आथित्यतामा उद्घाटन गरिनेसडक महोत्सवका संयोजक वीरेन्द्र शाक्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मीको बार आज कुन राशिलाई कति लाभ ?
-
कति पुग्यो युरो, पाउण्ड, अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?
-
अमेरिकाको हड्सन नदीमा हेलिकोप्टर खस्दा ६ जनाको मृत्यु
-
बिस्केट जात्राको भैरव रथ वंशगोपाल पुगेर फर्काइँदै
-
काठमाडौंमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
-
दिल्ली अपराजित, घरेलु मैदानमा हार्यो बैंग्लुरु