प्रमुख प्रशासकीय अधिकृतले हाजिर गरेसँगै काठमाडौँ महानगरका कर्मचारीको समस्या समाधान हुने विश्वास
_Ld9zFe3HaK.jpg)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ कार्यालय पुगेर हाजिर गरेका छन् ।
बिहीबार तनावकाबिच प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले महानगर पुगेर हाजिर गरेका हुन् । कार्यालय प्रवेशका क्रममा भने महानगर प्रहरीले अवरोध सिर्जना गरेको थियो ।
गुरागाईँलाई कार्यालय प्रवेशमा रोक लगाउने प्रयास भएपछि उपप्रमुख सुनिता डंगोल, विभिन्न वडाका वडाध्यक्षका साथै कर्मचारीहरूले कार्यकक्षमा पुराएका थिए । कार्यकक्ष पुग्दा ताला नखोले पछि ढोका फोडेर गुरागाईँलाई हाजिर गराएको थियो ।
हाजिर गरेपछि सबैलाई धन्यवाद दिँदै गुरागाईँ फर्किएका थिए । महानगरका प्रवक्ता नवीन मानन्धरले पुस ८ गतदेखि प्रमुख प्रशासकीयबिहीन भएको अवस्था बिहीबार आएर अन्त्य भएको बताए । ...
उनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले हाजिर गरेसँगै आगामी दिनमा सहज रूपमा सेवा प्रदान हुने र कर्मचारीका समस्या समेत समाधान हुने विश्वास व्यक्त गरे । काठमाडौँको भ्यु टावर निर्माणका विषयमा गुरागाईँलाई महानगरले निलम्बन गरेको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिन आग्रह गरेपछि उनी बिहीबार महानगर पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै
-
मल्टिस्टारका कारण ट्रेन्डिङमा ‘पिताम्बर’ ट्रेलर
-
बार निर्वाचनको मतगणना दिउँसो १२ बजेपछि
-
बेहुलाको जुत्ता लुकाउँदा बबाल : बेहुलीविना फर्किए जन्ती, बिहे रद्द
-
माओवादीद्वारा ८ बुँदे सर्कुलर, नेताहरूलाई जिम्मेवारीदेखि विद्यार्थी नेताको एक तह बढुवा स्थगितसम्म
-
रविको मुद्दा : उच्च अदालतको आदेशको पत्र जिल्ला अदालत पुग्यो