ग्रिक द्विपनजिक आप्रवासी सवार डुङ्गा पल्टियो, चार जनाको मृत्यु

एथेन्स । टर्की तटबाट ग्रीकको टापुमा आप्रवासीहरू बोकेर गइरहेको डुङ्गा पल्टिएको छ । ग्रीक तट रक्षकले दुर्घटनामा चार जनाको मृत्यु भएको बताएको छ । मृत्यु हुनेमा दुई महिला र दुई बालबालिका छन् ।
यसबाहेक अरू २३ जनाको उद्धार गरिएको छ । तट रक्षकका अनुसार लेस्बोस टापुको उत्तरी तटमा खोजी र उद्धार कार्य जारी छ । जानकारीअनुसार यस क्षेत्रमा मौसम सफा थियो ।
यस्तोमा डुङ्गा पल्टनुको कारण स्पष्ट रूपमा थाहा हुन सकेको छैन । डुङ्गामा कति जना थिए, उनीहरू कुन कुन देशका थिए, डुङ्गा कस्तो खालको थियो ? भन्ने जस्ता जानकारी तत्काल प्राप्त हुन सकेको छैन ।
ग्रीक तट रक्षक बलका अनुसार समुद्र र जमिनमा खोजी र उद्धार कार्य भइरहेको छ । उद्धार कार्यमा तीन तट रक्षक जहाज, वायुसेना हेलिकप्टर र एउटा डुङ्गा संलग्न छन् ।
यिनीहरूले दुर्घटनामा परेकाहरूको निरन्तर खोजी गरिरहेका छन् । यद्यपि, कति जना बेपत्ता छन् भन्नेबारे अहिलेसम्म कुनै स्पष्ट खबर आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामीसँग अहिले बन्दुक छैन, प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नुपर्छ : अध्यक्ष दाहाल
-
गरिबी, असमानता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रूपमा अगाडि बढाउनुपर्छ : उपेन्द्र यादव
-
भाडाको घरमा बस्दा वास्तुबारे के–के ख्याल गर्नुपर्छ ?
-
सीमा क्षेत्रका स्थानीयलाई प्रवेश पास प्रदान
-
कमलबजारमा ‘हवैजहाज’ त उड्यो, चलेन बिजुलीपङ्खा
-
बुद्धका विचारको महत्त्व संसारभर झन् बढिरहेको छ : प्रधानमन्त्री ओली