शुक्रबार, २९ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

म्यानमारमा भूकम्पमा परेर मृत्यु हुनेको संख्या ३ हजार नाघ्यो

बिहीबार, २१ चैत २०८१, १३ : ४८
बिहीबार, २१ चैत २०८१

म्यानमार । शुक्रबार म्यानमारमा गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या ३ हजार नाघेको छ । हालसम्म भूकम्पमा परेर ३ हजार ८५ जनाले ज्यान गुमाएको म्यानमारको जुन्ता सरकारले जनाएको छ । 

यस्तै हालसम्म ४ हजार ७१५ जना घाइते भएको बताइएको छ । सयौँ अझै बेपत्ता रहेकोले मर्नेको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । 

यसैबिच जुन्ता प्रमुख मीन आङ ह्लाइङ थाइल्यान्डमा हुन लागेको बिमस्टेक क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन त्यसतर्फ जाँदैछन् । देश भूकम्पले थङथिलो भएको अनि मर्नेको सङ्ख्या बढिरहँदा उनको यो भ्रमण हुन लागेको हो । उनको यो भ्रमण असामान्य अवस्थामा हुन लागेको समाचारमा उल्लेख छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप