कार्यवाहक प्रधानमन्त्रीले शिक्षा विधेयकबारे सरोकारवालासँग छलफल गर्दै

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले विद्यालय शिक्षा विधेयकमा सरोकारवालासँग छलफल गर्ने भएका छन् । त्यसका लागि आज दिउँसो ४ बजे विधेयकसँग सरोकार राख्नेहरूलाई बोलाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको भ्रमणमा रहेका बेला कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका सिंहले छलफल गर्न लागेका हुन् । विद्यालय शिक्षा विधेयक तत्काल जारी गर्नुपर्ने माग राख्दै शिक्षक तथा कर्मचारीहरू हिजोदेखि सडक आन्दोलनमा छन् ।
उनीहरूले ऐन जारी नहुँदासम्म काठमाडौँका सडक नछाड्ने बताउँदै आएका छन् । त्यही बेला शिक्षा मन्त्रालयले समेत छलफलका लागि आउन आग्रह गरेको छ । भने कार्यवाहक प्रधानमन्त्री सिंहले समेत सरोकार राख्ने सरोकारवालाहरूसँग छलफल गर्न लागेका हुन् ।
छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, संसद्को शिक्षा समिति सभापति लगायतको उपस्थिति रहनेछ । शिक्षकहरूले भने आफूलाई कुनै प्रकारको वार्ता नचाहिएको बताउँदै आएका छन् । विद्यालय शिक्षा ऐन चाहिएको भन्दै उनीहरूले कसैसँग पनि वार्ता नगर्ने बताएका हुन् ।
नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरूलाई वार्ताभन्दा ऐन चाहिएको बताए । वार्ताको कुनै औचित्य नभएको बताउँदै जति सक्दो चाडो ऐन दियो त्यति चाँडो आन्दोलन सकिने बताए ।
विगतमा सरकारले वार्ता गरेर नै सम्झौता गरेको बताउँदै ती सम्झौता कार्यान्वयन गर्नका लागि आफूहरूले ऐन मागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
अनुदान दिएर कृषिमा प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका
-
तेस्रो एनडिसी मस्यौदा : दशककै जलवायु लक्ष्य निर्धारण
-
आज सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
युरोपा लिग क्वार्टरफाइनल पहिलो लेगका चारै खेल रोचक
-
एउटै जिल्लामा १२ जलविद्युत् आयोजना निर्माणाधीन