बिहीबार, २८ चैत २०८१
ताजा लोकप्रिय

एक वर्षमा दिपलको ८०० भन्दाबढी गाडी बिक्री

बिहीबार, २१ चैत २०८१, १३ : ११
बिहीबार, २१ चैत २०८१

काठमाडौँ । ईभी ब्रान्ड दिपलले एक वर्षको अवधिमा नेपालमा ८०० भन्दा बढी गाडी बिक्री गरेको छ । 

पहिलो वर्ष दिपलले दिपल एस०७, दिपल एल०७, दिपल एस०७ एल र दिपल ई०७ गरी चार प्राविधिक रूपमा उच्च कोटीको इभी मोडेल बिक्री गरेको जनाएको छ ।  यी ईभीहरुमा उपलब्ध ‘जेस्चर कन्ट्रोल’, ‘एआर–एचयुडी’, ‘सनफ्लावर टचस्क्रिन’ जस्ता १० भन्दा बढी ‘इन्डस्ट्री–फर्स्ट’ फिचरहरूको माध्यमबाट दिपलले ग्राहकले गर्ने अपेक्षालाई पुन–परिभार्षित गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।  

एमएडब्लु वृद्धिले हाल नेपालका ९६ भन्दा बढी स्थानमा चार्जिङ स्टेसन सञ्चालन गर्दै आएको छ । यस अवधिमा दिपलले क्रिकेट आइकन तथा पूर्व कप्तान पारस खड्कालाई आफ्नो आधिकारिक ‘ब्रान्ड एम्बास्डर’का बनाएको छ । यसैगरी नीति शाह, सन्दीप क्षेत्री, प्रतिश जिसी, सुशान्त केसी, श्वेता खड्का, जोन चाम्लिङ राई जस्ता देशका ३० भन्दा बढी सेलिब्रिटी र खेलाडीले दिपललाई आफ्नो यात्राको साथी बनाएका छन् । 

साथै, दिपलले क्रिकेट लेजेन्ड ब्रायन लारा र बलिउड गायक सोनु निगम जस्ता हस्तीहरुलाई पनि नेपालमा ल्याएर ब्रान्डको उपस्थितिलाई माथि पुर्याउनुका साथै नेपाल पनि अन्तर्राष्ट्रिय सहकार्यका लागि गन्तव्य हुनसक्छ भन्ने देखाएको छ । 

सार्वजनिक भएको पहिलो वर्षमा एमएडब्लु वृद्धिले चांगान अटोबाट नेपालमा ‘इभी इनोभेसन’मार्फत ‘ग्रिन मोबिलिटी’मा योगदान पुर्याएको भन्दै ‘सांग्रिला न्यु इनर्जी अवार्ड‘ पाएको थियो । यसबाहेक ‘टेकलेख’ले दिपल एस०७ लाई ‘एसयुभी अफ द इयर २०२४’ बाट सम्मान गरेको थियो । 

दोस्रो वर्षमा प्रवेश गरिरहँदा दिपल ब्रान्डले अझै धेरै आफ्नो ग्राहक, प्रविधि र नेपाललाई दीर्घकालीन तथा उत्साहजनक इलेक्ट्रिक भविष्यतिर डोर्‍याउन प्रतिबद्धता जाहेर गर्ने विज्ञप्तिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप