काठमाडौँ महानगर विवाद
नगरप्रहरीको अवरोधका बिच प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमा पुर्याए कर्मचारीले (तस्बिरहरू)
बिहीबार, २१ चैत २०८१, १२ : १३

काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा तलब रोकिएपछि रुष्ट बनेका काठमाडौँ महानगरका कर्मचारीले नगरप्रहरीको अवरोधका बिच प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा पुर्याएका छन् ।
उनी करिब ४ महिनापछि कार्यालयमा प्रवेश गरेका हुन् । गुरागाईँलाई प्रवेश गर्न नदिन महानगरपालिकाका नगर प्रहरी खटिए पनि ठुलो सङ्ख्याका कर्मचारीसामु उनीहरू निरीह भए । गुरागाईँलाई कार्यकक्षमा पुगेसँगै त्यहाँ लगाइएको ताला फुटाइएको थियो ।
गुरागाईँलाई कार्यालय प्रवेश गर्न दिनुपर्छ भन्नेमा उपमेयर सुनिता डंगालेदेखि कांग्रेस तथा एमालेका जनप्रतिनिधि तथा कर्मचारी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा