कर्मचारीको बलमा नगर प्रहरीको अवरोध पन्छाउँदै कार्यकक्षमा पुगे सरोज गुरागाईँ
बिहीबार, २१ चैत २०८१, १२ : ००

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ करिब ४ महिनापछि कार्यालयमा प्रवेश गरेका छन् । महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको बलमा उनी कार्यालय प्रवेश गरेका हुन् ।
गुरागाईँलाई प्रवेश गर्न नदिन महानगरपालिकाका नगर प्रहरी खटिए पनि ठुलो सङ्ख्याका कर्मचारीसामु उनीहरू निरीह भए । जनप्रतिनिधि तथा कर्मचारीले नारा लगाउँदै गुरागाईँलाई कार्यकक्षसम्म पुर्याएका छन् । यद्यपि उनको कार्यकक्षमा ताला लगाइएको छ ।
गुरागाईँलाई कार्यालय प्रवेश गर्न दिनुपर्छ भन्नेमा उपमेयर सुनिता डंगालेदेखि काँग्रेस तथा एमालेका जनप्रतिनिधि तथा कर्मचारी छन् ।
मेयरले अवैधानिक रुपमा प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाइएको र यही कारणले कर्मचारीले ३ महिना र शिक्षकले ५ महिनासम्म तलब नपाएको उनीहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी रक्षमन्त्रीद्वारा पाँच अर्ब १० करोड डलर खर्च कटौतीको घोषणा
-
विद्यार्थी ठगी विषयमा पूजा : म दोषी छैन, दोषीलाई कारवाही होस्
-
भारतमा असिना पानीका कारण २५ जनाको मृत्यु
-
तोकिएको समयमा टुङ्गिएन कांग्रेसको क्रियाशील सदस्यता नवीकरण
-
एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित
-
सेमिना मगर मेमोरियल खुला कराँते प्रतियोगिता सुरु