प्रमुख प्रशासकीय अधिकृतको विषयमा महानगर प्रहरी र कर्मचारी आमनेसामने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको विषयमा महानगर प्रहरी र कर्मचारी आमनेसामने भएका छन् ।
केही जनप्रतिनिधि कर्मचारीहरू महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ महानगरमा आउनुपर्ने माग गर्दै कमलादीस्थित महानगर पालिकाको कार्यालयमा जम्मा भएका छन् । उनीहरू गुरागाईंको स्वागतमा पर्खेर बसेका हुन् ।
महानगरका प्रवक्ता नवीन मानन्धरले प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ महानगरमा आउने भएकाले पर्खिरहेको बताए ।
‘महानगरमा केही भएको छैन । अहिले उहाँलाई हामी पर्खिरहेका छौँ,’ उनले भने ।
प्रमुख प्रशासकीय अधिकृतले कानुन विपरीत कार्य गरेको भए उचित कारबाही गरिनुपर्ने उनीहरूको माग छ । साथै सरकारले तत्काल कर्मचारी सरुवा र नियुक्ति गर्नुपर्ने माग छ ।
उता महानगर प्रमुख बालेन शाहले भने प्रमुख प्रशासकीय अधिकृतलाई रोक्न महानगर प्रहरी खटाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसिक स्वास्थ्य सुधार गर्न अपनाउनुपर्ने ५ बानी
-
पूर्व क्रिकेटरको धोनीमाथि कडा टिप्पणी- उनले दुई सिजन अगाडि नै सन्यास लिनुपर्थ्यो
-
आँटेको पुर्याइदेउ बागलुङ कालिका...
-
ट्रम्पको ‘ट्यारिफ’ घोषणाले विश्व शेयर बजार चौपट, सांघाई र हङकङमा कारोबार ढिला सुरु हुने
-
सुपुष्पालाई १० प्रश्न
-
दक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगताका लागि १२ खेलाडी चयन