मदिरा सेवन गरी लफडा गर्ने प्रमुख प्रशासकीय अधिकृत पक्राउ

बुटवल । बर्दियाको बार बर्दिया नगरपालिकाकामा अभद्र व्यवहार गर्ने प्रमुख प्रशासकीय दीपक आचार्यलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले पक्राउ गरेको छ ।
बार बर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय दीपक आचार्यले कार्यालय समयमा मदिरा खाई कार्य भित्र टेबल तोडफोड गर्ने र हो हल्ला गरेपछि नियन्त्रणमा लिएर राखिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।
उनले भर्ने –'उहाँलाई हामीले गएराति नियन्त्रण लिएका छौ, अहिले अभद्र व्यवहारमा नियन्त्रणमा लिएको हो, कुन मुद्दा चलाउने कसरी जाने भन्ने अव मेयर साहेब आएपछि छलफल हुन्छ। '
उनले कार्यालयमा अभद्र व्यवहारपछि सामाजिक सञ्जालमा मेयर तथा उपमेयरविरुद्ध विभिन्न लान्छना लगाउँदै लामो स्टट्यटस समेत लेखेका थिए । पालिकाले अभद्र व्यवहारसम्बन्धी र साइबर क्राइम सम्बन्धी उजुरी दिने नगरपालिका प्रमुख छविलाल थारुले रातोपाटीलाई बताए ।
खास के भएको थियो ?
प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यले मङ्गलवार दिउँसो मदिराले मातेर कार्यालयमा आएर उपमेयर रत्नकुमारी पाण्डेको कार्यकक्षमा गई झैझगडा गर्नुका साथै उद्दण्ड व्यवहार प्रदर्शन गरेका थिए । मेयर र उपमेयरलाई सडक छाप बनाइदिने धम्की समेत उनले दिएका थिए।
मदिराले मातेर कार्यालय आएपछि नगर प्रमुख छविलाल थारुले प्रहरीलाई खबर गरेका थिए । उनलाई प्रहरीले मङ्गलवार नै नियन्त्रणमा लिएको थियो । मापसे चेक गराउँदा प्रमुख प्रशासकीय अधिकृतले मापसे गरेको पुष्टि भएको थियो । सोही दिन साँझ उनलाई प्रहरी छोडेको थियो । फेरि सामाजिक सञ्जालमार्फत मेयर तथा उपमेयरलाई गालीगलौज गरेपछि मोबाइल अफ गरेर उनी सम्पर्कविहीन भएका थिए । उनलाई बुधबार राति पुनः पक्राउ गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंलाई स्कार्पियो चढाएर भारतबाट ल्याइएको थियो नेपाल
-
नार्क र भारतीय कृषि प्रतिनिधिमण्डलबिच छलफल
-
दुर्गा प्रसाईंका अंगरक्षक पनि पक्राउ
-
धितोपत्र बोर्डको संरचना परिवर्तन गर्न आयोगको सुझाव
-
व्यापार युद्धको भय : विश्व बजारमा सुनको भाउ अहिलेसम्मकै बढी
-
वनस्पति क्षेत्रको थप विकास र व्यवस्थापन गर्न जरुरी छ : वनमन्त्री ठकुरी