मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय

बारुदी सुरुङ जागरूकता दिवस आज

बिहीबार, २१ चैत २०८१, ०९ : ५७
बिहीबार, २१ चैत २०८१

काठमाडौँ । ‘सुरक्षित भविष्य यहाँबाट सुरु हुन्छ’ नाराका साथ आज विश्वभर बारुदी सुरुङ जागरूकता र सहयोगका लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै छ । 

सन् २००५ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो । युद्ध एवं  सशस्त्र द्वन्द्वका बेला बिछ्याइएका बारुदी सुरुङ तथा प्रयोग भएका विस्फोटक पदार्थका अवशेष र विस्फोटक उपकरणहरू आज पनि चुनौती बनेका छन् । 

औसतमा प्रत्येक घण्टा यस्ता विस्फोटक उपकरणबाट एक जनाको मृत्यु वा घाइते हुने गरेको छ ।  बारुदी सुरुङ विस्फोटबाट सबैभन्दा धेरै बालबालिका पीडित हुने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप