शेखर कोइरालाको बोलीमा ‘कन्सिस्टेन्सी’ देखिएन

नेपाली कांग्रेसजस्तो जीवन्त पार्टीभित्र वाद, विवाद, प्रतिरोध संवाद चलिरहन्छ । कांग्रेस लामो समय नेताको पछाडिको दुई गुट, तीन गुटका आधारमा चलिरह्यो । स्थापनाकालदेखि नै बीपी–मातृका (विश्वेश्वरप्रसाद कोइराला, मातृकाप्रसाद कोइराला) गुट, बीपी–सुवर्ण विश्वेश्वरप्रसाद कोइराला, सुवर्ण शमशेर) गुट चलिरह्यो । २०४८ सालदेखि कोइराला–किसुनजी (गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई) गुट चल्यो ।
विशेषगरी १३ औँ महाधिवेशनमा शेरबहादुर देउवाले रामचन्द्र पौडेल र डा.शशांक कोइरालाबिचको अन्तरविरोधमा खेल्नुभयो । र पार्टीभित्र आफूभन्दा फरक धारलाई निस्तेज गर्न सफल हुनुभयो । १४ औँ महाधिवेशनमा गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री भएर आइसकेपछि उहाँहरूले लामो समयसम्म पार्टीमा फरक मत राखिराख्नुभयो ।
०८० फागुनमा ललितपुरको गोदावरीमा भएको पार्टीको महासमिति बैठकमा महामन्त्रीद्वयले राखेका सबै फरक मतलाई अनुमोदन गर्यो । फरक मतमा महामन्त्री थापाले मेरो कुरा भनेर अमूर्त कुरा गर्नुभएको थिएन । थापाले विचार, दर्शन, सिद्धान्तका आधारमा पार्टी चल्नुपर्छ भनेर फरक मत राख्नुभएको थियो । ती सबै फरक मतलाई पार्टीले स्विकार्यो । महासमिति बैठकबाट उहाँको प्रस्ताव पारित भएपछि पार्टीमा एक किसिमले फरक मतहरूको अन्त्य भयो । त्यसपछि महामन्त्री थापा र सभापति देउवा एकै ठाउँमा भएजस्तो देखिन्छ ।
गोदावरीमा सम्पन्न महासमिति बैठकपछि पार्टीमा सैद्धान्तिक रूपमा कसरी अगाडि बढ्ने भन्ने विषयमा ठुलो ‘कन्फर्नटेसन’ छैन । पार्टी स्मुथली अगाडि बढेको देखिएको छ । त्यसका बाबजुद सरकाले दिने डेलिभरीका बारेमा महामन्त्री थापा र प्रधानमन्त्री केपी शर्मा ओलीबिच फरक मतहरू छन् । त्यसमा पनि उहाँहरूले एउटा मिलनबिन्दुमा रहेर काम गरिरहनुभएको छ ।
कुनै पनि पार्टीको नेता बन्न राष्ट्रिय एजेन्डामा नेतृत्व लिन सक्नुपर्छ । आफ्नो बोलीमा ‘कन्सिस्टेन्सी’ राख्न सक्नुपर्छ ।
डा. शेखर कोइराला आफ्नो एजेन्डा के हो ? के होइन ? आफ्नो समूहको नेता महामन्त्री थापाको कुरालाई समर्थन गरेजस्तो पनि देखिँदैन । असमर्थन गरेजस्तो पनि देखिँदैन । उहाँ आफै अन्योलमा देखिनुहुन्छ ।
पहिला पनि सभापति देउवाको प्रतिपक्षी सिद्धान्तको कुरा राख्दा थापा नै हुनुहुन्थ्यो । महासमितिले उहाँले उठाएका विषयलाई अनुमोदन गरेपछि उहाँ सभापतिबाट टाढा हुनुहुन्न । किनकि उहाँलाई पार्टी कार्यकर्ताले महामन्त्री चाहेका थिए ।
अनावश्यक कुरामा अहम्को टकरावभन्दा पनि नीति के हुने ? कार्यनीति के हुने ? भन्ने बहसमा सभापति र महामन्त्री मिलेर काम गरिरहनुभएको छ । कांग्रेसमा अहिले कुनै पनि विषयलाई कसरी सम्बोधन गर्ने भन्ने बहस छ । व्यक्तिगत गुटबन्दी छैन । नीति र सिद्धान्तका आधारमा बनेका गुट गोदावरी महासमिति बैठकले निरूपण गरेको भएर कांग्रेस पार्टी एकमत भएर अगाडि बढेजस्तो देखिन्छ ।
कुनै पनि पार्टीको नेता बन्न राष्ट्रिय एजेन्डामा नेतृत्व लिन सक्नुपर्छ । आफ्नो बोलीमा ‘कन्सिस्टेन्सी’ राख्न सक्नुपर्छ । मन्त्री को बनाउने ? को नबनाउने भन्ने होइन । मन्त्री यसरी यसरी बनाउनुपर्छ भन्ने मापदण्ड बनाउनुपर्छ । त्यो डा. शेखर कोइरालामा देखिएको छैन ।
गोदावरीमा सम्पन्न महासमिति बैठकसम्म सभापति देउवाले महामन्त्री थापाभन्दा डा. शेखरलाई ज्यादा विश्वासमा लिएर काम गरेको देखिन्थ्यो ।
डा. कोइरालाले सभापति देउवासँग जे वार्ता गर्नुभएको छ, त्यो बाहिर भन्नुभएको छैन । उहाँको नेतृत्वमा कोशी प्रदेशमा प्रकरण भयो । उहाँनिकट केदार कार्की मुख्यमन्त्री बन्नुभयो । त्यसपछि उहाँले पार्टी सभापति देउवाको विश्वास गुमाउनुभएको छ ।
फेरि अहिले कांग्रेस र एमालेबिच संघ र प्रदेशमा गठबन्धन सरकार बनेका छन् । त्यो उहाँले गठबन्धन बन्नुभन्दा अगाडि बनाउनुपर्छ भनिरहनुभएको थियो । अहिले यही गठबन्धनको विरोध गरिरहनुभएको छ । यसले उहाँको बोलीमा ‘कन्सिस्टेन्सी’ नभएको देखाउँछ ।
उहाँका मतहरू बदलिरहेका छन् । उहाँको बोलीमा परिपक्वता नदेखिएकाले कार्यकर्तामा आकर्षण पैदा गर्न नसकेको हो कि ? उहाँले आफ्नो टिमको महामन्त्रीलाई पनि विश्वासमा लिन नसकेको भएर हो कि ?
पार्टी महामन्त्रीले गत साउनमा बसेको केन्द्रीय समिति बैठकमा आफ्ना एजेन्डा राख्नुभयो । त्यो बैठक लाइभसमेत गरिएको थियो । ती एजेन्डालाई शेखर कोइरालाले समर्थन गर्नुभएन । महामन्त्रीका एजेन्डा ठिक छन्, छलफल गरौँ भन्न सक्नुभएन । उहाँ सिद्धान्तको आधारमा नीतिका आधारमा अगाडि बढ्नुपर्यो ।
त्यो आधारका उहाँका धारणा नभएर त्यसो भएको हुन सक्छ । गोदावरीमा सम्पन्न महासमिति बैठकसम्म सभापति देउवाले महामन्त्री थापाभन्दा डा. शेखरलाई ज्यादा विश्वासमा लिएर काम गरेको देखिन्थ्यो । डा. शेखरको बोली र व्यवहारले सभापति देउवाले राजकाजलगायत अन्य कार्यमा असहयोग महसुस गरेको सभापतिनिकट नेताहरू बताउँछन् ।
(तिवारीसँग रातोपाटीले गरेको कुराकानीका आधारमा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते