बिहीबार, २८ चैत २०८१
ताजा लोकप्रिय

काठमाडौँलाई उछिनेर बगदाद बन्यो विश्वकै प्रदूषित सहर

बिहीबार, २१ चैत २०८१, ०९ : ४८
बिहीबार, २१ चैत २०८१

काठमाडौँ । बिहीबार पनि काठमाडौँको वायु प्रदूषण उच्च रहेको छ । विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौँ दोस्रो स्थानमा झरे पनि यहाँको वायुको गुणस्तर धेरै अस्वस्थकर रहेको आईक्यू एयरले जानकारी दिएको हो ।

आज बिहान साढे ९ बजेको सूची अनुसार नेपालको एक्यूआई ३७३ रहेको छ । वायु प्रदूषणको यो स्तरलाई स्वास्थ्यको दृष्टिकोणले निकै जोखिमपूर्ण मानिन्छ । एक्यूआईको स्तर ५० सम्मलाई पनि स्वास्थ्य मान्ने गरिन्छ ।

यहाँ पीएम २.५ को स्तर विश्व स्वास्थ्य संगठनले तय रहेको मापदण्डभन्दा ५२.४ गुणा बढी रहेको छ । हाललाई बाहिर व्यायाम गर्न बन्द गर्न, मास्कको प्रयोग गर्न, झ्यालहरू बन्द गर्न र एयर प्युरीफायरको प्रयोग गर्न सुझाव दिएको छ । 

नेपालभन्दा माथि इराकको बगदाद सहर रहेको छ । त्यहाँको एक्यूआई ५५२ रहेको छ । तेस्रो स्थानमा भारतको राजधानी नयाँ दिल्ली रहेको छ । त्यहाँ एक्यूआई २०८ मापन गरिएको छ ।

त्यसपछि शीर्ष १० प्रदूषित सहरहरूमा क्रमशः पाकिस्तानको लाहोर, भारतको मुम्बई, यूएईको दुबई, चीनको हाङझाउ, थाइल्याण्डको चियाङ माई, भियतनामको हानोई र इजिप्टको कायरो रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप