नेपालविरुद्ध अफगानिस्तानले मुलपानीमा पहिले ब्याटिङ गर्ने
यू–१९ यूथ एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला
बिहीबार, २१ चैत २०८१, ०९ : २६

काठमाडौँ । नेपालको यू–१९ र अफगानिस्तानको यू–१९ टोलीबिच पहिलो यूथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता बिहीबार खेलिँदै छ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा अफगानिस्तानको यू–१९ टोलीले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।
अफगानिस्तानको यू–१९ टोलीले नेपालको यू–१९ पुरुष टोलीसँग तीनवटा खेलको शृङ्खला खेल्ने कार्यक्रम छ । नेपालमै आयोजना हुने आईसीसी यू–१९ विश्वकप छनोटको तयारीका क्रममा यो शृङ्खला खेल्न लागिएको हो ।
विश्वकप छनोट खेल पनि मुलपानी क्रिकेट मैदानमै हुनेछ । नेपाल र अफगानिस्तानबिचको यो शृङ्खलालाई यूथ एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता दिइएको छ । दोस्रो खेल अप्रिल ६ र तेस्रो खेल अप्रिल ९ तारिखमा हुनेछ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी चार प्रदेशमा वर्षाको सम्भावना
-
प्रिमियर लिग : न्यूक्यासल युनाइटेड पाँचौ स्थानमा उक्लियो
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग