शनिबार, २३ चैत २०८१
ताजा लोकप्रिय

तीनकुने प्रदर्शनमा निर्दोषमाथि पनि गोली चलाइएकोमा इन्जिनियरिङ अध्ययन संस्थान स्ववियुको आपत्ति

बिहीबार, २१ चैत २०८१, ०९ : ०३
बिहीबार, २१ चैत २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानका स्वतन्त्र विद्यार्थी युनियनका नेतृत्वकर्ताहरूले तीनकुनेमा भएको प्रदर्शनको क्रममा निर्दोषमाथि पनि गोली चलाइएकोमा आपत्ति जनाएका छन् । 

सो क्रममा आफ्नो निवास जाँदै गर्दा गोली लागेर घाइते भएका रेविका खत्री र उनका दाजुप्रति आफ्नो गहिरो दुःख, सहानुभूति र चिन्ता व्यक्त उक्त घटना निन्दनीय भएको उनीहरूको ठहर छ । 

निर्दोष नागरिकमाथि यस्तो हिंसा कहिल्यै न्यायोचित हुन सक्दैन । घटनाका दोषीहरू तुरुन्तै पहिचान गरी कानुनको कडा दायरामा ल्याइएर न्यायिक प्रक्रिया पूरा गर्न हामी जोडदार माग राख्दछौँ । रेविका र उनका दाजुको शीघ्र स्वास्थ्य लाभका लागि हामी आशा र प्रार्थना गर्दछौँ । जारी विज्ञप्तिमा उल्लेख छ । 

घाइतेले आवश्यक कानुनी र चिकित्सकीय सहयोग उपलब्ध होस् भन्ने मागका साथ उनीहरुले  यो घटनाले विद्यार्थी समुदायलाई गहिरो स्तरमा प्रभावित गरेको उल्लेख गरेका छन् । 

486410346_673052112043438_7805889863693028349_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप