खैरो हेरोइनसहित ४ जना पक्राउ

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीको विभिन्न पोस्टबाट खटिएको प्रहरी टोलीले अवैध लागू औषधसहित चार जनालाई पक्राउ गरेको छ ।
बुधबार अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिगएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका ४ बसपार्क स्थित करन सिंह कुमालले सञ्चालन गरेको चन्द्रदीप बोग्टान होटलमा शंकास्पद रूपमा बसिरहेको अवस्थामा जिल्ला अछाम मंगलसेन नगरपालिका ५ बस्ने वर्ष १७ को भुवन आउजी र वर्ष १८ को डम्बर आउजीलाई शंका लागि चेकजाँच गर्दा निजहरूको साथबाट १ ग्राम २४० मिलिग्राम लागु औषध (खैरो हिरोइन) पक्राउ गरिएको हो ।
त्यस्तै धनगढी उपमहानगरपालिका ६ जंगल रिसोर्ट नजिक वडा प्रहरी कार्यालय धनगढीबाट खटिगएको प्रहरी टोली र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिगएको संयुक्त प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप(महानगरपालिका ६ जंगल रिसोर्ट बस्ने वर्ष २६ का आशाराम चौधरी र वर्ष २९ को दिल बहादुर चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजहरूको साथबाट १ ग्राम २२० मिलिग्राम लागु औषध (खैरो हिरोइन)सहित पक्राउ गरिएको छ ।
उनीहरूलाई आवश्यक कारबाहीको लागि हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा