ट्रम्पले अमेरिकामा आयात हुने सबै बस्तुमा लगाए आयातकर, शुक्रबारबाट लागू हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातित सबै बस्तुमाथि १० प्रतिशत भन्सार शुल्क अर्थात् आयकरको घोषण शुक्रबारदेखि लागू हुने भएको छ । जुन विश्व व्यापारका लागि महत्वपूर्ण क्षण हुने बताइएको छ ।
केही देशमाथि अमेरिकी व्यापार घाटाको आधारमा अधिक आयातकर लाग्ने अनुमान गरिएको छ । जुन ५० प्रतिशतसम्म पनि हुनसक्छ । जुन अप्रिल ९ बाट सुरु हुने बताइन्छ ।
ट्रम्पले बेलायती बस्तुमाथि १० प्रतिशत आयातकर लाग्ने बताएका छन् भने युरोपेली संघलाई २० प्रतिशतका दरले भन्सार शुल्क लाग्ने भएको छ । सबै विदेशी सवारी साधनमा २५ प्रतिशत आयतकर लाग्ने र जुन बिहीबार मध्यरातिबाट लागू हुने अधिकारीहरुले जनाएका छन् ।
ह्वाइट हाउसको रोज गार्डेनमा ट्रम्पले एक वक्तव्य दिंदै भने, ‘यो मुक्ति दिवस हो । र यसले अमेरिकाको लागि स्वर्ण युगको सुरुवात गर्नेछ ।’ केही विश्व नेताहरुको निराशाजनक प्रतिक्रिया व्यक्त गरिरहेका छन् भने बढ्दो व्यापार युद्धको चिन्ता जाहेर गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमा क्षेत्रका स्थानीयलाई प्रवेश पास प्रदान
-
कमलबजारमा ‘हवैजहाज’ त उड्यो, चलेन बिजुलीपङ्खा
-
बुद्धका विचारको महत्त्व संसारभर झन् बढिरहेको छ : प्रधानमन्त्री ओली
-
पहलगाम हमलाको निष्पक्ष अनुसन्धानमा सहयोग गर्न पाकिस्तान तयार
-
नेपालको क्रिकेटसँग जोडिन पाउँदा निकै उत्साहित छु : नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल
-
छ कठ्ठा जग्गामा सागसब्जीखेती, वार्षिक तीन लाख आम्दानी