जापानमा शक्तिशाली भूकम्प
बुधबार, २० चैत २०८१, २२ : २७

टोकियो । म्यानमार र थाइल्याण्डपछि अब जापानमा भूकम्पका गएको छ । क्युशुमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ६ म्याग्निच्युड मापन गरिएको थियो।
मंगलबार राति पनि जापानको क्युशु टापुमा पनि भूकम्प गएको थियो । यसको एक दिन पछि बुधबार साँझ शक्तिशाली भूकम्पको झट्का महसुस गरियो। भूकम्पबाट अहिलेसम्म कुनै पनि क्षतिको रिपोर्ट आएको छैन।
हालै म्यानमार र थाइल्याण्डमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो, जसले दुवै देशमा धेरै क्षति पुर्यायो। म्यानमारमा मृत्यु हुनेको संख्या ३ हजार नजिक पुगेको छ भने धेरै मानिसहरू अझै बेपत्ता छन्। थाइल्याण्डको बैंककमा ३० तले भवन भत्किँदा भग्नावशेषमुनि १० जनाको मृत्यु भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सञ्चो’ कम्पनीमा २८ करोड क्षति : पुनः सञ्चालन सम्भव छ ?
-
हरेक दिन २० पुस-अप गर्नुहोस्, पाउनुहुनेछ ५ परिवर्तन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
कंगोको राजधानीमा मुसलधारे वर्षाका कारण ३० जनाको मृत्यु
-
छ वर्षपछि उत्तर कोरियामा प्योङयाङ म्याराथन, विदेशीहरूको पनि सहभागिता
-
गर्मीमा हरेक दिन एक टुक्रा काँचो प्याज खानुका ७ फाइदा