सोमबार, २५ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्वास्थ्य सचिव नियुक्ति विवाद : सर्वोच्चले दिएन मिश्रको पक्षमा अन्तरिम आदेश

बुधबार, २० चैत २०८१, २१ : ५२
बुधबार, २० चैत २०८१

काठमाडौँ । सर्वोच्च अदालतले स्वास्थ्य सचिव नियुक्ति विवादमा स्वास्थ्य सचिवकी प्रतिस्पर्धी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको इजलासले डा. मिश्राको माग अनुसार अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो ।

यद्यपि, मिश्राको रिटलाई सर्वोच्चले अग्राधिकार प्रदान गर्न आदेश दिएको छ । मन्त्रिपरिषद् बैठकको सचिव बढुवा गर्ने निर्णयमाथि प्रश्न उठाएकी छन् । उनले अरू प्रतिस्पर्धीभन्दा सिनियर भएर पनि आफू मधेसी महिला भएकै कारण सचिव बढुवामा नपरेको बताइरहेकी छन् ।  

फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवाका अतिरिक्त सचिव डा. विकास देवकोटालाई स्वास्थ्य सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को उक्त निर्णयविरुद्ध मिश्राले चैत १ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य मन्त्री प्रदीप पौडेलसमेतलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप