तीनकुने घटनाका दोषीमाथि कडा कारबाही गर्न अखिल (समाजवादी) को माग
_hfzKAvQch2.jpg)
काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल (समाजवादी) ले तीनकुने घटनाको विषयमा छानबिन गर्न माग गरेको छ ।
अखिल (समाजवादी) काठमाडौं जिल्ला समिति अध्यक्ष प्रेम सी र इन्चार्ज ललिजङ्ग सीले प्रेस विज्ञप्ति जारी गर्दै चैत १५ गते भएको तीनकुने घटनाको छानबिन गर्न माग गरेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहट र र प्रलोभनमा पारिएका केही अराजक व्यक्तिले तीनकुने आसपासमा भएको हत्या र विध्वंसका दुस्परिणामहरू सतहमा आउने क्रम नरोकिएको जनाएका छन् ।
उक्त आन्दोलनको क्रममा कोटेश्वर बहुमुखी क्याम्पसमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत छात्रा रेविका खत्रीमाथि गोली लागेको थियो ।
अफिसबाट कोठा फर्किने क्रममा दिउँसो ३ बजेतिर कोटेश्वर नजिक गोली लागेर गम्भीर घाइते भएकी उनको सिभिल अस्पताल, बानेश्वरको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उक्त घटनाप्रति दुःख व्यक्त गर्दै अखिल (समाजवादी) ले उनको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेको हो ।
तीनकुने घटनामा सहभागी सबैलाई नियन्त्रणमा लिएर सरकारले निष्पक्ष रुपमा छानबिन गर्नुपर्ने उनीहरूको माग छ । निर्दोष छात्रामाथि गोली चलाउने र तीनकुने आसपास भएका हत्या र विध्वंसात्मक घटनामा संलग्न सबैलाई कारबाही गर्नसमेत माग गरे ।
विद्यार्थीको हकहित, जनधनको सुरक्षा र गणतन्त्रको रक्षार्थ अखिल (समाजवादी) कठोर प्रतिवादका लागि बाध्य हुनेसमेत चेतावनी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरीका १२ जना डीआईजीको सरुवा, ६ प्रदेशका प्रमुख फेरिए
-
राज्य विरुद्धको कसुरमा संलग्न १६ जनाको बयान पुरा, प्रसाईँलाई सोध्ने प्रश्न तयार गरिँदै
-
पहलगाम हमला : अब नेपाल पनि सचेत रहनुपर्ने वेला आयो
-
मोदीको कडा भाषणः अब आतंककारीहरूको बाँकी धर्ती ध्वस्त पार्ने समय आएको छ
-
भारतद्वारा पाकिस्तानीलाई मेडिकल भिसा पनि बन्द
-
राप्रपा नेपालले वैशाख १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने