फोहोर नगरेको भन्दै बालेनले दिए शिक्षकहरूलाई धन्यवाद

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले आन्दोलनरत शिक्षकहरूलाई धन्यवाद दिएका छन् । आजदेखि शिक्षकहरूले थालेको काठमाडौं केन्द्रीत आन्दोलनका क्रममा फोहोर नगरी, केही नभत्काएको भन्दै बालेनले धन्यवाद दिएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले महानगरले जरिवाना खोजेको नभई चेतना खोजेको समेत उल्लेख गरेका छन् ।
सार्वजनिक सम्पति पनि आफ्नै सम्पति हो भनेर त्यसलाई जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको हो । यही शिक्षा तपाईले आफ्नो विद्यार्थीहरूलाई पनि दिनुहोला ।
हामी सबै मिलेर चेतनशील समाजको निर्माण गरौँ । तपाईहरू त झन् शिक्षक हुनुहुन्छ, तपाईहरूको त झन् ठूलो जिम्मेवारी र भूमिका छ यसमा, उनले लेखेका छन् ।
आफ्नो कुरा राख्नलाई चेतनशील भएर विद्यार्थीहरूको पढाइ नबिगारी कार्यक्रम गरिदिन समेत बालेनले अनुरोध गरेका छन् । बालेनले गाउँगाउँमा सिंहदरबार भन्ने त नारामा मात्र सिमित भएको बताउँदै एकदिन आफ्नो अधिकारको लागि काठमाडौ धाइरहनु नपर्ने अवस्था आउनेमा आशा व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
९ सरकारी निकायको ५ अर्ब ९ करोड बराबरको बजेट ‘सरेन्डर’
-
स्पेन र पोर्चुगलका धेरैजसो भागमा विद्युत् आपूर्ति बन्द, रेल र हवाई यात्रा अवरुद्ध
-
‘पुनर्स्थापनाका थप काम सम्पन्न गर्न समय तोकेरै अगाडि बढ्न पहल गर्छौँ’
-
प्रदेशबाटै लाइसेन्स र ब्लु बुक छाप्दै बागमती सरकार
-
दैनिक उपभोग्य सामाग्रीको भन्सार महसुल घटाउन माग
-
प्रहरीको विधि विज्ञानतर्फ योग बहादुर पाल एसएसपी बढुवा सिफारिस