भक्तपुरमा गुन्जँदै रामकृष्ण ढकाल

काठमाडौंँ । लोकप्रिय गायक रामकृष्ण ढकाल एण्ड ब्याण्डले भक्तपुरमा संगीतिक प्रस्तुति दिने भएको छ । नयाँ वर्ष २०८२ को पूर्वसन्ध्या पारेर भक्तपुरको गठ्ठाघरमा रहेको जर्मन होम्सले आयोजना गर्न लागेको कार्यक्रमको नाम ‘न्यु इयर इभ रामकृष्ण ढकाल’ राखिएको छ ।
कार्यक्रममा गायक ढकालका अलावा अन्य राष्ट्रिय कलाकारहरूको पनि प्रस्तुति रहनेछ । चैत ३१ गते बेलुका ६ बजेबाट सुरु हुने उक्त कार्यक्रम राति १२ बजेसम्म चल्नेछ । रीमा विश्वकर्माले सञ्चालन गर्ने कार्यक्रममा कमेडी, साल्सा नृत्य र डीजे सेसन पनि रहनेछ । न्यु जर्मन आर्किटेक्चरमा बनेको भव्य हलमा करिब १५ सयदेखि २ हजार दर्शकलाई सहभागिता गराउने लक्ष्य राखिएको छ ।
२०८१ साललाई धन्यवाद भन्दै नयाँ ऊर्जाका साथ २०८२ साललाई स्वागत गर्नका लागि भव्य कार्यक्रमको आयोजना गरेको जर्मन होम्स होटेल ७ इभेन्ट भेन्युका सञ्चालक एवम् कार्यकारी निर्देशक राजन कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँग सिधैं परमाणु वार्ता भइरहेको छः ट्रम्प
-
झूटा मुद्दा लगाए जनताले तिमीहरूका घर घेर्छन् : ज्ञानेन्द्र शाही
-
सञ्जीवको गीत ‘न दिन सके खुशी’ मा वादल र अस्मिताको अभिनय
-
जितबाट उत्साही पञ्जाब र लगातारको हारबाट विचलित ‘बुढो बाघ’ चेन्नई आपसमा भिड्दै
-
शिक्षक आन्दोलन : दिउँसै टर्च बालेर प्रदर्शन, तस्बिरहरू
-
आन्दोलनरत शिक्षकहरूसँग वार्ता गर्न प्रधानमन्त्रीलाई तरुण दलको आग्रह