कोटेश्वरमा रेविका र दिनेशलाई गोली लागेको हो : प्रहरी

काठमाडौँ । प्रहरीले उदयपुरकी २२ वर्षीया रेविका र २४ वर्षीय दिनेश खत्रीलाई प्रहरीले चलाएको गोली लागेको बताएको छ । प्रहरीले चैत १५ गते राजावादी आन्दोलनका क्रममा भएको घटनाबारे जानकारी दिन आज गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नायब महानिरीक्षक (डीआईजीपी) दिनेश आचार्यले प्रहरीले चलाएको गोली दिनेश र रेविकालाई लागेको बताएका हुन् ।
पत्रकारहरूले सोधेको प्रश्नमा प्रवक्ता आचार्यले भने, ‘कोटेश्वरको भाटभटेनी अगाडिको घटना हो । कोटेश्वरको भाटभटेनीमा ठुलो लुटपाटको घटना भएको थियो । त्यहाँ ठुलो मात्रामा मानिसहरू जम्मा भएका थिए । त्यही नजिकै गाडी जलाउन थालिएपछि रोक्नलाई प्रहरीले गोली चलाएको अवस्था हो । उहाँहरूको तिघ्रामुनि गोली लागेको अवस्था छ । उपचार भइरहेको छ ।’
उनीहरू कोटेश्वरको एसओएस क्षेत्र पछाडि शंकरमार्ग डेरा गरेर बस्थे । अफिसबाट घर जान लागेकी रेविकालाई लिन आएका दिनेश र उनलाई कोठा नजिकै पुग्दा गोली लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बढ्यो कोशी प्रदेशको आम्दानी, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख
-
आइतबारदेखि काठमाडौँ उपत्यकाको तापक्रम घट्ने
-
महाभूकम्पको १० वर्षमा यस्तो बन्यो वसन्तपुर क्षेत्र (तस्बिरहरू)
-
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
-
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने, के के छन् कार्यसूचीमा ?