चैत १५ को प्रदर्शनमा प्रहरीको टाइमलाइन : १२:५० बजे अश्रुग्याँस प्रहार, २:५४ मा गोली चलाइयो

काठमाडौँ । गत चैत १५ गते शुक्रबार तीनकुनेमा पूर्वराजा ज्ञानेन्द्र शाहसमर्थकहरुले गरेको प्रदर्शन र त्यसपछि भएको हिंसाबारे जानकारी दिन नेपाल प्रहरीले बुधबार पत्रकार सम्मेलन आयोजना गरेको छ । सामाजिक सञ्जाल तथा मिडियामा भ्रम छर्ने सामग्री र अभिव्यक्तिहरू प्रकाशित भइरहेकाले सो दिनको घटनाक्रमबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन आयोजना गरेको प्रवक्ता डीआईजी दिनेश आचार्यले जानकारी दिएका हुन् ।
आचार्यका अनुसार पूर्वराजाका समर्थकहरूले जडीबुटीलगायत क्षेत्रमा भेला भएर तीनकुनेमा प्रदर्शन गर्ने भनेर पूर्वस्वीकृति लिएका थिए । सोही बमोजिम जिल्ला सुरक्षा समितिले आवश्यक सुरक्षा व्यवस्था मिलाइएको थियो । ‘तर, राजनीतिक कार्यक्रम भनेर अनुमति लिए पनि उत्तेजक गतिविधि गर्ने उद्देश्यका साथ सो प्रदर्शन आयोजना गरिएपछि प्रहरीले त्यसलाई नियन्त्रणमा लिन बल प्रयोग गर्न बाध्य भएको थियो,’ प्रवक्ता आचार्यले भने, ‘हामीले कार्यक्रम बिथोल्न खोजेका थिएनौँ, प्रदर्शन अराजक भएपछि नियन्त्रणमा लिइएको हो ।’
उनले भिडियोमार्फत सो दिन भएको घटनाक्रमको टाइमलाइन पनि प्रस्तुत गरे । प्रहरी अनुसार यस्तो छ सो दिनको घटनाक्रम :
- ११ः४५ देखि १२ः१५ बजेसम्म
तीनकुनेमा ३ हजारदेखि ३५ सय जना जम्मा थिए । थप प्रदर्शनकारी आउने क्रममा जारी रहेको थियो । कार्यक्रमस्थल शान्त रहेको थियो ।
त्यसैबिच कार्यक्रमको मञ्चबाट नेताहरूको घर जलाउने कार्यक्रम गर्नुपर्छ भनेर अभिव्यक्ति दिइएको थियो । ‘यहाँ रमाइलो गर्न आएको होइन, अगाडि बढ्ने हो’ भन्ने भाषणपछि भीड अगाडि बढ्न थालेको ।
त्यसपछि प्रहरीसँग धक्कामुक्की सुरु भएको । सुरुमा प्रहरीले सम्झाइ बुझाइ गरी पठाएको ।
पुनः प्रदर्शनकारी अराजक भई निषेधित क्षेत्र प्रवेश गर्न खोज्दा प्रहरी र प्रदर्शनकारी बिच झडप सुरु भएको । प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा मुढा गरेको ।
- १२ः५० बजे
स्थिति नियन्त्रणमा लिन पहिलोपटक १ राउन्ड टियर ग्यास प्रहर गरिएको ।
- १ः२३ बजेपछि
-भक्तपुरतर्फबाट आएको दुर्गा प्रसाईँले गाडी अराजक तरिकाले चलाइ सुरक्षाकर्मी तर्फ होमिएको । प्रहरीको सम्पूर्ण घेरा तोडेर बानेश्वर पुगेको । उनलाई तत्कालमा नियन्त्रणमा लिए पनि भिडले छुटाएर लगेको ।
-उता, प्रहरीद्वारा स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरिरहेको ।
-त्यसपछि प्रसाईँ पुनः मञ्चमा पुगेर अगाडि बढ्ने र संसद् भवन कब्जा गर्ने अभिव्यक्ति दिएको । रवीन्द्र मिश्रले पनि अगाडि बढ्न प्रदर्शनकारीलाई निर्देशन दिएको ।
-निजी घरमा तोडफोड सुरु । प्रहरीमाथि प्रदर्शनकारीद्वारा ढुंगाप्रहार जारी ।
-मार्बल हाउसमा तोडफोड । प्रहरीद्वारा स्थिति नियन्त्रणमा लिन थप अश्रुग्याँस प्रहार ।
-भीडलाई शान्त पार्न प्रहरी फेरि तीनकुने पुलतर्फ ब्याक भएको थियो । भीडलाई तितरबितर पार्न पानीको फोहोरा प्रयोग ।
-मार्बल हाउसभित्र आन्दोलनकारीहरू प्रवेश गरेको ।
- २ः२१ बजेपछि
रोयल ब्याङ्क्वेट र मार्बल हाउसमा आगजनी ।
प्रहरी बिटमा तोडफोड र आगजनी । प्रहरी अघि बढ्न सक्ने अवस्था थिएन ।
- २ः२५ बजे
आगलागी नियन्त्रणका लागि पुगेको दमकलमाथि तोडफोड
- २ः३० बजेपछि
थप स्थानमा आगजनी
- २ः३४ बजेपछि
-प्रहरीमाथि पुनः आक्रमण सुरु । प्रहरी फेरि ब्याक हुन बाध्य ।
-अन्नपूर्ण पोस्टको कार्यालयमा पनि तोडफोड र आगजनी । सिनामंगलतिर आगजनी सुरु ।
- २ः५४ बजे
पहिलोपटक गोली प्रहार
- ३ बजेपछि
४–५ हजार प्रदर्शनकारी जम्मा भई फेरि प्रदर्शन सुरु
- ३:०५ बजे
लागु औषध ब्युरोको गाडीमा आगजनी, सिभिलमा रहेका प्रहरीमाथि आक्रमण सुरु ।
- ३ः०९ बजेपछि
-स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा थप गोली प्रहार ।
-भिड भाटभटेनी पुगेर लुटपाट सुरु ।
- ३ः४६ बजेपछि
सिनामंगलर चोक र एयरपोर्ट गेटमा आगजनी तथा सिसिटिभी तोडफोड
- ४ः०१ बजेपछि
जडीबुटी चोक पुगे प्रदर्शनकारी, सिसिटिभीमा तोडफोड
- ४ः२५ बजे
जिल्ला प्रशासन कार्यालयबाट कर्फ्यु आदेश जारी
- ४ः२९ बजेपछि
-बालकुमारी पुलमा सरकारी गाडीमा आगजनी
-एकीकृत समाजवादीको कार्यालयमा तोडफोड तथा आगजनी
-थप गाडी तथा ट्याक्सीमा आगजनी
- ६ः११ बजेपछि
-सिनामंगल प्रहरी बिट नजिकै स्कुटरमा आगजनी
-जडीबुटी औषधी प्रशोधन कार्यालय र गाडीहरूमा आगजनी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङको हलेसीमा रामनवमी मेला
-
बुण्डेस लिगामा लिभरकुजेनले बायर्नसँग घटायो अंक दुरी
-
स्पेनिस ला लिगामा रियाल मड्रिड हार्यो, उपाधि यात्रामा बार्सिलोनालाई राहत
-
आर्सनल र नटिङघम कमजोर, लिभरपुलले प्रिमियर लिगको उपाधि सजिलै कब्जा गर्ने सम्भावना
-
१२ बजे, १२ समाचार : थाइल्यान्डको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्तादेखि रविको पक्राउपछि रास्वपाले जनता सम्झियोसम्म
-
पर्यटन प्रवर्द्धनका लागि देम्बाडाँडामा ‘गल्फ महोत्सव’ हुने