बागमती प्रदेशसभाको सचिवमा पौडेल नियुक्त

हेटौँडा । बागमती प्रदेशसभाको सचिवमा रामकुमार पौडेल नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको सचिवमा पौडेललाई नियुक्त गरेका हुन् ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १९५ को उपधारा (१) अनुसार पौडेललाई सभाको सचिवमा नियुक्त गरेका हुन् । महालक्ष्मी नगरापालीका–९ लामाटार स्थायी ठेगाना भएका पौडेल नेपाल सरकारका सहसचिव हुन् ।
प्रतिनिधिसभा सचिवालयमा सहसचिव पदमा कार्यरत पौडेलले प्रदेशसभाको सचिवमा नियुक्त हुनका लागि गत चैत १७ गते उक्त पदबाट राजिनामा दिएका थिए । घरायसी कारणले राजीनामा दिएको उल्लेख गरेका उनको चैत १७ मा नै राजीनामा स्वीकृत भएको बुझिएको छ ।
संघीय संसदमा १७ वर्ष सेवा गरेका उनलाई प्रदेशसभाको ५ वर्ष अवधिका लागि नियुक्त गरिएको हो । नियुक्तिसंगै सचिव पौडेलले बुधबार नै पद तथा गोपनियताको सपथ समेत ग्रहण गरेका छन् । सभामुख पाठकले नवनियुक्त सचिव पौडेललाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।
सचिव पौडेलले बुधबार नै पदभा ग्रहण समेत गरेका छन् ।